समाचार

विमानस्थलमा बम राखेको छु भन्दै फोन गर्ने व्यक्ति को हुन् ? खोजी कार्य तिब्र

२०७९ वैशाख २२ गते १०:३८

२२ वैशाख, काठमाडौं । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु ९बम० राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने । बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर...

एकाबिहानै दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

२०७९ वैशाख २२ गते १०:३६

२२ वैशाख, काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६।०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले...

एमाले कार्यकर्ताको गुन्दागिरीले सिमा नाग्दै, कांग्रेस उमेदवारको गाडीमा तोडफोड २ जना गम्भीर घाइते

२०७९ वैशाख २१ गते २३:०१

२१ वैशाख, काठमाडौं । नवलपुरमा एमालेका कार्यकर्ताहरुको गुण्डागिरीले सिमा नाघेको छ। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उमेदवार चढेको गाडीमाथि एमालेका कार्यकर्ताले तोडफोड गरेका छन्। त्यसक्रममा अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे र उपाध्यक्षका उमेदवार पूर्णसिंह राना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

काठमाडौं आउँदै गरेका ५ जनाको मृत्यु, १८ घाइते

२०७९ वैशाख २१ गते २०:१६

२१ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । भारतीय पर्यटक बोकको यूपी ५८ टी...

‘हामीले गरेका विकास-निर्माण नै विजयका आधार हुन्’: एमाले नेता सरोज ढकाल

२०७९ वैशाख २१ गते २०:००

२१ वैशाख, काठमाडौं । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय पुरानो वानेश्वर, भिमसेनगोला, काठमाडौंका सरोज ढकालले सोमबार स्थानिय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को वडाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढकालले सोमबार दिउँसो ढकालले उम्मेदवारी...

लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छ : प्रम देउवा

२०७९ वैशाख २१ गते १९:३७

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा आज उहाँले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही वैशाख ३० गते...

स्थानीय निर्वाचनको प्रमुख नेतृत्वमा महिला सवालबारे अन्तरक्रिया

२०७९ वैशाख २१ गते १९:२९

२१ वैशाख, काभ्रे । स्थानीय निर्वाचन नजिकिएसँगै विभिन्न दलले आफ्ना उम्मेद्वारहरू किटान गरिसकेका छन् । उम्मेद्वार किटान गरे पनि मुख्य नेतृत्वको जिम्मा महिलाहरुमा निकै कम भएको अध्ययनले देखाइरहेको अवस्थामा सीमान्तकृत पिछडा तथा दलितका साथेै अन्य महिलाहरुको सहभागितामा किन कम भयो भन्ने विषयमा एक्टिभ नेपालको...

काभ्रे दुर्घटनामा रामेछापकि सम्झना र उहाँका ६ वर्षीय छोराकाे ज्यान गयो

२०७९ वैशाख २१ गते १७:४५

२१ वैशाख, काठमाडौं । काभ्रेमा बस र जीप ठोक्किँदा ज्यान गुमाएकै पाँचै जनाको परिचय खुलेकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुलीकाे कमलामाई नगरपालिका ७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली...

प्रधानमन्त्री देउवाविरुद्ध भरतपुरमा उजुरी

२०७९ वैशाख २१ गते १७:०९

२१ वैशाख, भरतपुर । निर्वाचन आचारसंहिता विपरित कार्यक्रममा सहभागी हुन खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ। बिहीबारर भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न चितवन आउन लागेका देउवाविरुद्ध उजुरी दर्ता भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना...

विप्लव पार्टीबाट निकालिए, धर्मेन्द्र बाँस्तोला बने नयाँ संयोजक

२०७९ वैशाख २१ गते १७:००

२१ वैशाख, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीबाट निस्काशित भएका छन् । विप्लवले केहि दिनअघि सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई जिम्मेवारी मुक्त गरेका थिए । दुई नेता जिम्मेवारी मुक्त भएपछि असन्तुष्ट समूहको चितवनमा बसेको भेलाले विप्लवलाई कारबाही गर्ने...