‘हामीले गरेका विकास-निर्माण नै विजयका आधार हुन्’: एमाले नेता सरोज ढकाल

हाम्रो सन्देश संवाददाता

२१ वैशाख, काठमाडौं ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय पुरानो वानेश्वर, भिमसेनगोला, काठमाडौंका सरोज ढकालले सोमबार स्थानिय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को वडाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढकालले सोमबार दिउँसो ढकालले उम्मेदवारी दर्ता गरेका हुन् ।

पाँच वर्षअघिको स्थानिय तहको निर्वाचनमा ३१ नम्बर वडाबाटै वडा सदस्यमा विजयी भएका ढकाललाई नेकपा एमालेले वडाध्यक्षको उम्मेद्वार बनाएको हो ।

सोमबार उम्मेद्वारी दर्ता गरेपछि आफ्नो जीतको आधारहरु प्रस्ट्याउँदै ढकालले भने–‘सुखी नेपाली तथा समृद्ध नेपाल बनाउने अभियान पुरा गर्नका लागि पछिल्लो ५ वर्षमा हामीले जुन काम गर्यौं, हाम्रो पार्टि अध्यक्ष भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्र्यकालमा जुन काम गर्नु भयो, ती ऐतिहासिक कार्यहरु नै हाम्रो विजयको आधार हो ।’

(नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर ३१ बाट वडाध्यक्षका उम्मेदवार सरोज ढकालसहित सदस्य पदका उम्मेद्वारहरु ।)

‘हामीले नेकपा एमालेको घोषणापत्रलाई आधार बनाएर हाम्रो वडालाई मात्र होइन सम्पूर्ण काठमाडौं महानगरपालिकालाई नै स्वच्छ, सफा, हराभरा, स्वस्थ बनाउने अठोट लिएका छौं, समाजशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेका ढकालको भनाइ छ– ‘मेरो गौरव, मेरो पौरख काठमाडौंलाई विश्वको एउटा उत्कृष्ट शहर बनाउने भिजन लिएर आएका छौं । हाम्रो भिजन नै हाम्रो विजयको आधार हो ।

वडा नम्बर ३१ मा विकास निर्माणसहित सामाजिक कार्यमा समेत सदैव तल्लिन रहने वडाध्यक्षका उम्मेद्वा ढकालले पहिलो पटक २०५४ सालको स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेद्वार भएर निर्वाचनमा जीत हासिल गरेका थिए । २०७४ सालको निर्वाचनमा पनि उनले वडा सदस्यको रुपमा भारी मतले विजयी भएका थिए ।

‘अहिलेको निर्वाचनमा म वडाअध्यक्षको उम्मेदवार भएर आएको छु । हामीले ३१ नम्बर वडामा विकासको ठूलो फड्को मारेका छौं । हामीले गरेका विकास निर्माणका कार्यहरु नै हाम्रो चुनाव जित्ने आधारहरु हुन्, ढकालले वडाध्यक्षको रुपमा आफूलाई विजयी गराउन वडावासीहरुलाई आग्रह गर्दै भनेका छन्–‘अघिल्लो कार्यकालमा हामीले विकास निर्माणका धेरै कार्यक्रमहरु पुरा गर्यौं, केही कामहरु अधुरा छन् । अबको कार्यकालमा ती कार्यहरु पुरा गर्नु गर्नेछौं ।’

‘एमाले भनेको जनताको आदेश अनुसार चल्ने पार्टी हो, ढकाल भन्छन्–‘यसैलाई मध्यनजर गर्दै हामीले चुनाव जितेपछि वडाका बुद्धिजिबीहरु, वौद्धिक वर्गहरुसंग छलफल र सल्लाह गरेर विकासका योजनाहरु बनाउँदै तिनलाई पुरा गर्नेछौं ।’

‘हाम्रो वडामा झण्डै १८ हजार मतदाताहरु हुनुहुन्छ, मलाई आशा छ मैले साढे सात हजारभन्दा बढी मत पाएर विजयी हुनेछु, पछिल्लो कार्यकालमा न्यायिक समितिको सदस्यको रुपमा समेत कार्य सम्पादन गरेका ढकालले त्यसक्रममा जनताको प्रतिनिधिको रुपमा जनस्तरमै, घरदैलोमै पुगेर न्याय दिने हरसम्भव प्रयास गरेको समेत स्मरण गरे ।