“दुर्गा प्रसाईं पक्राउ गर्नु रविका लागी गोमन सर्पको मुखमा हात हाल्नु बराबर”

हाम्रो सन्देश संवाददाता

दिवस भण्डारी

दुर्गा प्रसाईं र तिनको अभियानमा आज लाखौं मान्छे जोडिएका छन् । ति सबै स्वार्थले जोडिएका मात्रै हुन त..?केहि त्यस्ता पात्र हुन सक्छन् जुन सबै जसो राजनैतिक र गैरराजनैतिक संगठनमा हुन्छन् । तर दुर्गा प्रसाईं को अभियानमा जोडिएका अधिकतम अत्यन्त पीडित छन् । जसलाई मुलुकको असन्तुलित आर्थिक र भ्रष्ट राजनैतिक नितिले खेदिएका छन् । केहि नयाँ आशाले जोडिएका छन् । केहि बिश्वासले जोडिएका छन् । मुख्यतः मुलुकमा आम जनताका गरिखाने सबै खाले सम्भावनाका ढोका बन्द भएर जोडिएका छन् । दुर्गाले जनता माझ नयाँ आश जगाएका छन् । नेपालमा नेपाली भएर बाच्ने भोलिको बाटो यो भनेर मार्गनिर्देशित गरेका छन् ।

उनका राजनैतिक एजेण्डामा राजनैतिक दल र तिनका समर्थकको बिमती हुन सक्छ तर उनको आर्थिक एजेण्डामा सहमत नहुने नगन्य मात्रै छन् । दुर्गाको बिगतको पृष्ठभुमि दलबदल रहेपनी आज उनी स्वतन्त्र योद्धा हुन् । जसले राजनैतिक जाल झेल, तमाम बिकृती र भ्रष्टाचारको मुखुण्डो उतार्ने हिम्मत गरेका छन् ।

दुर्गा प्रसाईंको अभिव्यक्तिमा सन्तुलित भाषा र राजनैतिक छलछामको गुलियो अभिव्यक्ति नहुन सक्छ तर उनमा देशको बिध्यमान समस्याको जरो के हो..?
निवारण गर्ने उपाय के हो..?
ति सबै कुरामा समाधानको एजेण्डा बोकेर हिडिरहेका दुर्गा आफैंमा आज जनताको मन मुटुमा बस्न सफल शक्तिशाली अभियान्ता बनेका छन् ।
नेपालको आर्थिक समृद्धिको गुरुयोजना दुर्गाले बोकेर हिडेका छन् । सोही कारण पनि उनको एउटा आग्रहमा हजारौं मान्छे उनको समर्थनमा जम्मा हुन्छन् ।

सरकारले बारम्बार दुर्गालाई पीडित बनायो । जसको उपज बिद्रोही बनायो । त्यसमाथि कालो कानुनको कसि लगाएर दुर्गा पक्राउ गर्ने एउटा ठुलो भुल राजनैतिक बृतमा सुनिन्छ । दुर्गा पक्राउ गर्दैमा सबै समस्याको समाधान निस्किदैन । बरु झन समस्या थपिन्छ । जनताको दिनदिनै बढिरहेको राजनैतिक दल, सरकार प्रती जनताको आक्रोशको सिमा बढ्न सक्छ ।नैराष्यताको उत्कर्ष बिन्दुमा आक्रोशको बाध फुट्छ र तत्पश्चात अहिलेका राजनैतिक दलले नै त्यसको ठुलो मूल्य चुकाउनु पर्छ । सरकारका लागी दुर्गा पक्राउ गर्ने निर्णय भयंकर ठूलो आपतको स्थिति बन्न सक्छ ।

त्यसमाथि कतै दुर्गा पक्राउ गर्ने भुल गृहमन्त्री रवि लामिछानेले गरेको खण्डमा यसले रास्वपा र रविको लोकप्रियतामा ठुलो असर पर्छ । जसले गर्दा उदयमान राजनैतिक शक्तिलाई कुल्चेर फेरि पुरानै शक्तिको बोलावाला चल्ने छ। जसले मुलुकमा सु-शासन र समृद्धिको सपनामा पुन एकपटक कालो बादल मढारिने खतरा बढेर जान्छ ।

राजनैतिक प्रतिशोधका आधारमा जनताको मुद्दा बोकेर हिडिरहेको एउटा सामान्य नागरिकलाई सत्ता र शक्तिको आडमा मुखमा बुजो लगाउछु भन्नु किमार्थ लोकतान्त्रिक मुल्य र मान्यता भित्र पर्दैन ।

त्यसैले ओली र प्रचण्डको सनकका भरमा दुर्गा प्रसाईं लाई छुनु भनेको गृहमन्त्री रवि लामिछानेका लागी गोमन सर्पको मुखमा हात हाल्नु जस्तै नहोला भनेर भन्न सकिन्न ।