जनतावाट सहयोग जुटाएर ताइवानले जापानलाइ ६ करोड येन सहयोग गर्ने

हाम्रो सन्देश संवाददाता

२० पुस, ताइवान ।

जापानमा गएको भुकम्पको पुर्ननिमार्णका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ ।

 

ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हो 

 

ताइवानका विदेशमन्त्री जोसेफ वुले बिहीबार उक्त प्रतिज्ञाको घोषणा गरेका छन । उनका अनुसार जापानको भुकम्प आपतकाल पनि आपतकाल हो भन्ने निष्कर्षमा ताइवान रहेको पनि जनाए ।

उनले भूकम्पबाट प्रभावितहरु यथाशीघ्र आफ्नो सामान्य जीवनमा फर्किने विश्वास व्यक्त गरेका छन भने प्रकोपबाट प्रभावितहरूलाई प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ ।

 

ताइवानका स्वास्थ्य अधिकारीहरूले शुक्रबारदेखि जनवरी १९ सम्म त्यहाँका जनताले बैंक, हुलाक कार्यालय र सुविधा स्टोरहरूमा पैसा दान गर्न सक्ने सुबिधा 
बनाएको बताए । यसरी जम्मा भएको कोष कहाँ पठाउने भनेर निर्णय गर्न उनीहरूले जापानी अधिकारीहरूसँग परामर्श गर्ने बताएका छन्।