मुख्य समाचार

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

२०७७ पुष ३ गते १७:०३

काठमाडौं, ३ पुष । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण...

बेलायतमा एक हप्तामा १ लाख ३७ हजारले बढीले लगाए कोरोनाको खोप

२०७७ पुष २ गते १:०२

काठमाडौं, २ पुष । बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाएका छन् ।पहिलो खोप लगाएको एक हप्ताको अवधिमा १ लाख ३७ हजार बढीले खोप लगाएको सरकारी अधिकारीहरूले जानकारी दिएका हुन् ।बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर...

सिंहदरवारका कर्मचारी पाेशाक भत्ता लिन्छन्, पाेशाक लगाउँदैनन्

२०७७ पुष २ गते ०:५३

काठमाडौं, २ पुष । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९...

बिना मगरको नाममा नक्कली ट्वीटर, भ्रममा नपर्न सचिवालयको आग्रह

२०७७ पुष १ गते २१:२५

काठमाडौं, १ पुष । खानेपानी मन्त्री बिना मगरको नामबाट नक्कली ट्वीटर एकाउण्ट बनाई अनावश्यक विषयहरु ट्वीटरमार्फत् पोष्ट गरिएको सम्बन्धमा मन्त्रीको सचिवालयले भ्रमित नहुन सबैमा अपिल जारी गरेको छ। ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गरेकाले यस्तो नक्कली एकाउण्ट बन्द गरिदिन नेपाल प्रहरीको...

पार्टी फुटदैन, स्थायी कमिटीले समाधान निकाल्छः गृहमन्त्री

२०७७ पुष १ गते ०:१३

काठमाडौं, १ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टी नफुट्ने दाबी गरेका छन् । चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले मतभेदका कारण पार्टी नफुट्ने र नेकपा बलियो भएर आउने विश्वास व्यक्त गरेका हुन् । मन्त्री थापाले...

पूर्वपत्नी ढकालविरूद्ध कानुनी कदम चाल्ने तयारीमा मनाेज गजुरेल

२०७७ मंसिर ३० गते ०:१७

काठमाडौं, ३० मंसिर । सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने भएका छन् । सम्बन्ध विच्छेद भइसक्दा पनि विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएकाले कानुनी कदम चाल्न बाध्य...

सुसनलाई प्रधानमन्त्रीको सल्लाह : कुकुर भुक्दै गर्छ, हरेस नखानु

२०७७ मंसिर २९ गते २२:३४

काठमाडौं, २९ मंसिर । नेकपाका हालै दिवंगत केन्द्रीय सदस्य कमानसिंह लामा र उनकी श्रीमतीको नाममा रहेको सिन्धुपाल्चोक,गुम्बा–५ स्थित याम्बालिङ्ग हाइड्रोपावरको सेयर स्वामित्व हस्तान्तरणलगायतका विषयमा असम्बन्धित व्यक्ति नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मुछिएपछि सुसन कर्माचार्य दम्पत्तिले आफ्नी छोरीसहित प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको...

नारायणकाजीले आसेपासेको नाममा अरबौं सम्पत्ति जम्मा गरेका छन् : भट्टराई

२०७७ मंसिर २९ गते १०:५९

काठमाडौं, २९ मंसिर । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने तर आसेपासेको नाममा रातारात करोडौं जम्मा गर्ने भन्दै कटाक्ष गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा मार्फत भट्टराई लेख्छन् “आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने! वैधानिक तलवभत्ता नलिएर...

नयाँ सवारी चालक अनुमतिपत्र कहिले खुल्छ ? यसो भन्छ यातायात मन्त्रालय

२०७७ मंसिर २८ गते २३:५१

काठमाडौं, २९ मंसिर । अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले...

प्रचण्ड भन्छन् : “नारायणकाजीलाई कमानसिंहसँग जोडेर अनावश्यक प्रचार नगरौं

२०७७ मंसिर २८ गते १८:११

काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव...