पार्टी फुटदैन, स्थायी कमिटीले समाधान निकाल्छः गृहमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ पुष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टी नफुट्ने दाबी गरेका छन् ।

चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले मतभेदका कारण पार्टी नफुट्ने र नेकपा बलियो भएर आउने विश्वास व्यक्त गरेका हुन् ।

मन्त्री थापाले पार्टीमा जारी बहस र छलफलले सरकार र पार्टी थप मजबुत बन्ने र यो सामान्य प्रक्रिया रहेको समेत जनाए । भने, जारी स्थायी कमिटी बैठकले यी समस्याको समाधान निकाल्ने समेत जनाए ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अध्यक्ष दाहालले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका हुन् ।

‘पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा जुन ढंगले अध्यादेश आएको छ । यो बदनियतपूर्ण छ। यसलाई तुरुन्तै खारेज गर्नुपर्छ’, उनले भनेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।