समाचार

तनहुँमा बस र जीप ठोक्किँदा जीप चालकको मृत्यु

२०७६ असोज २६ गते ११:४६

तनहुँ , २६ असोज । म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान बोलेरो जीप र बस ठोक्किँदा जिप चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी–१ का २१ वर्षीय रमेश थारु रहेको प्रहरीले जानकारी दिएको छ । नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १...

सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैन : सी जिनपिङ

२०७६ असोज २६ गते ११:३६

काठमाडौं, २६ असोज । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए । चीनमा...

महरा काण्डमा पूर्व सभामुख ओनसरी घर्तीको समेत नाम यसरि जोडिएपछि…..

२०७६ असोज २६ गते ११:३०

काठमाडौं, २६ असोज । कृष्णबहादुर महरा काण्डमा पूर्व सभामुख ओनसरी घर्तीको समेत नाम जोडिएपछि उनले त्यसवारे प्रतिकृया जनाएकी छन् । महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोश्नी शाहीबीचको काण्डमा आफ्नो नाम अनावश्यक रुपमा मुछिएको भन्दै उनले आपत्ती जनाएकी छन्। पछिल्लो चरणमा सो घटनाबारे फरक–फरक...

ओरालो लाग्यो सुनको मूल्य

२०७६ असोज २६ गते ११:१२

काठमाडौं ,२६ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ३ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

चिनियाँ राष्ट्रपतिको भ्रमणविरुद्ध प्रदर्शन गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ

२०७६ असोज २५ गते ८:०८

काठमाडौं ,२५ असोज । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीकी नेतृ सुनिता साह पक्राउ परेकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो । तर सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईँले फरार अभियुक्त रहेकाले उनलाई पक्राउ गरेको...

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै, यस्तो छ कार्यतालिका

२०७६ असोज २५ गते ७:५९

काठमाडौं ,२५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार दिउँसो करिब साढे ३ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्। परराष्ट्र मन्त्रालयले...

जम्मू–कश्मीरः पाकिस्तानी सेनाको गोली प्रहारबाट गोर्खा जवानको मृत्यु

२०७६ असोज २५ गते ७:४२

काठमाडौं ,२५ असोज । जम्मू–कश्मीरमा फेरि एकजना गोर्खा जवान मारिएका छन् । जानकारीका अनुसार शुक्रवार पाकिस्तानी सेनाले गरेको गोलीबारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा मारिएका हुन् । ३–५ गोर्खा राइफल्सका जवान सुवास शहीद बनेको खबरले घर–परिवार, आफन्तजन र छिमेकीहरू अवाक बनेका छन्। गाउँमा...

काभ्रेमा मिनिट्रक दुर्घटना, ३ को मृत्यु ११ घाइते

२०७६ असोज २५ गते ७:०९

काभ्रेपलाञ्चोक ,२५ असोज । रोशी गाउँपालिका वडा नं. ३ खहरेपागुमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना अन्य घाइते भएका छन् । जिल्लाको बिकट महाभारत गाउँपालिकाबाट बनेपा आउदै गरेको बा ३ ख ३५९५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु...

महरा प्रकरणको पर्दाफास गर्ने पत्रकारलाई रोशनि शाहीको चेतावनी (विज्ञप्ति सहित)

२०७६ असोज २५ गते ६:५६

काठमाडौं ,२५ असोज । निवर्तमान सभामुख कृष्णा बहादुर महराबाट याैनशाेषणमा परेकी भनिएकी रोशनी शाहीले प्रहरीले बन्दक बनाएर मनोवैज्ञानिक तथा मानसिक दबाब दिएर सभामुख महराविरुद्ध उजुरी हाल्न लगाएको आरोप लगाएकी छन्। उनले शुक्रबार एक ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै महरा निर्दोष भएको कुराको सत्यतथ्य उल्लेख गरी...

रोशनी शाहीको वक्तव्य, ‘महरा सर निर्दोष, प्रहरीले मलाई बन्धक बनायो’

२०७६ असोज २५ गते ०:००

काठमाडौं , २४ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएका ससद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध उजुरी दिन लगाएको आरोप लगाएकी छिन् । उनले शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गरेर महरा निर्दोष रहेको भनी...