ओली–प्रचण्ड भेटपछि वाम सहकार्यले गति

हाम्रो सन्देश संवाददाता

५ साउन, काठमाडौं

नेकपा (एमाले) अध्यक्ष के.पी. शर्मा ओलीसँग भएको वार्तापछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ।

उहाँका अनुसार यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व तथा कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले अघि बढाइएको हो।

वाम शक्तिहरूबीचको सहकार्यले देशमा राजनीतिक स्थायित्व कायम गर्दै विकास र समृद्धिको यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।