इन्टरपोलको रेड नोटिसमा परेकी तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ

हाम्रो सन्देश संवाददाता

१७ जेठ, काठमाडौ ।

इन्टरपोलको रेड नोटिसमा रहेकी नेपाली नागरिक तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन्।

नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत जारी गरिएको रेड नोटिसका आधारमा थाइल्यान्डका सुरक्षा निकायले अधिकारीलाई पक्राउ गरेको जनाइएको छ। उनीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप रहेको बताइएको छ।

पक्राउ परेकी अधिकारीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ। यस सम्बन्धमा नेपाल प्रहरी र थाइल्यान्डका अधिकारीबीच आवश्यक कानुनी तथा प्रशासनिक समन्वय भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।