बाजुरा–हुम्ला सीमा विवाद चर्किँदा झडप, प्रहरीसहित पाँच जना घाइते

हाम्रो सन्देश संवाददाता

६ जेठ, काठमाडौं ।

बाजुरा र हुम्लाको सीमा क्षेत्रमा उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको छ। घटनामा प्रहरीसहित पाँच जना घाइते भएका छन्। स्थानीयबीचको विवाद नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत ढुंगामुढा भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ।

घाइतेहरूको उपचार भइरहेको छ भने घटनास्थलमा थप सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। विवादको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।