समाचार

कांग्रेस केन्द्रीय समितिको अवधि एक वर्ष थप्न देउवाले पौडेल पक्षसँग मागे नामावली

२०७६ मंसिर २३ गते १०:१०

काठमाडौं,२३ मंसिर । नियमित समयमा महाधिवेश गर्न नसकिने र विधान अनुसार कार्यकाल एक वर्ष थप गर्ने प्रावधान अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशन एक वर्ष पछाडि धकलिने भएको छ । आसन्न १३ औं महाधिवेश आउन करिब ३ महिना बाँकी रहँदा आगामी २६ गते...

प्रधानमन्त्री ओलिले बोलाए मन्त्री परिषद बैठक

२०७६ मंसिर २३ गते १०:०७

काठमाडौं,२३ मंसिर । एपेन्टिसाइटिसको अप्रेसन पछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन् । १० मंसीरमा शल्यक्रिया गरेका प्रधानमन्त्री ओली १९ मंसीरमा बालुवाटार फर्किएका थिए । त्यस यता व्यक्तिगत भेटबार्ता गरिरहेका प्रधानमन्त्री ओलीले दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन्...

बम बिस्फोटमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७६ मंसिर २३ गते १०:०४

काठमाडौं,२३ मंसिर । बम बिष्फोटनमा संलग्न रहेको अभियोगमा झापाको शिवसताक्षी नगरपालिका-४ पाँचगाछीका ३७ वर्षीय याम कुमार गिरीलाई शुक्रबार बेलुका प्रहरीले काठमाडौं तिनकुनेबाट पक्राउ गरेको छ । झापा बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधिन भवनमा भदौ २३ गते गिरी...

सुनचाँदीको मूल्य आईतबार पनि घट्यो, कति पुग्यो त ?

२०७६ मंसिर २३ गते ९:४०

मंसिर २३, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन ६९ अजार ९०० मा...

खुशीको खबर ! ह्वात्तै घट्यो प्याजको मूल्य, हेर्नुस् बजार भाउ

२०७६ मंसिर २३ गते ९:२९

मंसिर २३, काठमाडौं । बजारमा प्याजको मूल्य प्रतिकिलो १३९ रुपैयाँ पुगेको छ। अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ। नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५...

ओलीको त्यो काम, जसले गगन थापाको मन जित्यो

२०७६ मंसिर २३ गते ९:१८

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सीमा बिवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको दिल खोलेर स्वागत गरेका छन् । भारतले एकतर्फी रुपमा नेपाली भुमि कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेर सार्वजनिक गरेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्किरहेको बेला प्रधानमन्त्री ओलीले सर्वपक्षीय...

जाडोमा वल्र्डलिंकले ल्यायो यस्तो अफर

२०७६ मंसिर २२ गते १८:५०

मंसिर २२, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको तात्तातो अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका...

कारखानामा भीषण आगलागीः मृतकको संख्या ४३ पुग्यो

२०७६ मंसिर २२ गते १८:४५

मंसिर २२,भारत । भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान पाँच बजेर २२ मिनेटमा भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए...

काेहलपुर तनावग्रस्त : प्रहरीकाे गाेलीबाट घाइते थापाकाे अवस्था चिन्ताजनक ९ प्रहरी घाइते

२०७६ मंसिर २२ गते १६:५५

मंसिर २२, काठमाडौं । बाँकेको कोहलपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाएको छ । सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीहरुमाथी प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागी त्रिभुवन मावि कक्षामा ९ मा पढ्ने शुसिल थापा गम्भीर घाईते भएका छन । घाईते थापाको नेपालगन्ज...

कोहलपुरमा प्रहरीले कुट्यो स्कूले बालबालिका, निर्दयीपनको पराकाष्ठा

२०७६ मंसिर २२ गते १६:४२

मंसिर २२, काठमाडौं । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका छन्। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार दुई जना छात्रहरूको घुँडामूनि गोली लागेको छ। उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको...