समाचार

सिन्धुलीमा हायस दुर्घटना, १२ जना घाइते

२०८० मंसिर २७ गते १९:२४

२७ मंसिर, सिन्धुली । सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ बस्ने ३८ वर्षीया यशोधा प्याकुरेल र उनका १० वर्षीय छोरा केशव प्याकुरेल रहेको प्रहरीले जनाएको छ।...

अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री

२०८० मंसिर २६ गते १९:२६

२६ मंसिर, नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,...

यू–१९ एसिया कप: नेपाल भारतसँग १० विकेटले पराजित

२०८० मंसिर २६ गते १९:२४

२६ मंसिर, काठमाडौं । जारी एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी समुह ए अन्तर्गतको अन्तिम खेलमा मंगलबार नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।   नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको...

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो, एकजना पक्राउ

२०८० मंसिर २६ गते १८:५९

२६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागूऔषध कारोबारीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा अविनाश राईलाई पक्राउ गरेको हो । प्रहरीको गोली लागेर घाइते भएका उनको उपचार भइरहेको...

पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ

२०८० मंसिर २६ गते १८:५३

२६ मंसिर, विराटनगर ।   नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।   एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।  ओखलढुङ्गा,...

क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने

२०८० मंसिर २६ गते १८:४१

२६ मंसिर, काठमाडौं । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ ।...

सेयर बजार ३६.६८ अंकले बढ्यो, साढे ४ अर्बको कारोबार

२०८० मंसिर २६ गते १७:५५

२६ मंसिर, काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । मंगलबार ३६.६८ अंकले बढेको सेयर बजार १९८५.४४ विन्दुमा आएर बन्द भएको छ । यसदिन...

एनसेलबिरुद्ध अमरेश सिंहले दायर गरेको रिटमा आज सुनवाई हुदैँ

२०८० मंसिर २६ गते १२:३१

२६ मंसिर, काठमाडौं । एनसेलको खरिद बिक्रि प्रक्रियाका विरुद्धमा सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परे पछि आजबाट सुनवाई हुन...

स्विटजरल्याण्डमा दुइ ब्यक्तिको गोली हानी हत्या, २३ लाखसँग हतियारकाे लाइसेन्स

२०८० मंसिर २६ गते १२:२८

जेनेभा, २६ मंसिर । स्वीट्जरल्याण्डको सायन सहरमा एक व्यक्तिले दुई जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार उक्त व्यक्तिले दुईजना माथि अन्धाधुन्ध गोली प्रहार गरी ज्यान लिएका हुन । सो आक्रमणमा एक जना घाइते भएका छन । वैलैस कैंटन राज्यप्रहरीले एक विज्ञप्तिमा भन्यो, ‘अभियुक्त...

आजको बिदेशी मुद्राको बिनिमय दर, चाइनिज युआन १८ रुपैयाँ बढी

२०८० मंसिर २६ गते १२:२३

२६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि...