युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा कुन कुन क्लब पुगे ?

हाम्रो सन्देश संवाददाता

२८ मङ्सिर, काठमाडौँ ।

यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को समीकरण पुरा भएको छ ।

समुह चरणका खेलहरु गएराती सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।

राउण्ड १६ मा समुह ए बाट बायर्न म्युनिख र कोपेनहेगन, समुह बि बाट आर्सनल र पीएसभी, समुह सी बाट रियल म्याड्रिड र नापोली, समुह डी बाट रियल सोसियडाड र इन्टर मिलान, समुह ई बाट एथलेटिको म्याड्रिड र लाजियो, समुह एफ बाट डोर्टमण्ड र पिएसजी, समुह जी बाट म्यानचेस्टर सिटी र आरबी लेइपजिंग तथा समुह एचबाट बार्सिलोना र पोर्टो पुगेका छन् ।

त्यसैगरी सबै समुहबाट तेस्रो भएका क्लबहरु युरोपा लिगमा ट्रान्सफर भएका छन् । जसमा समुह ए बाट गालाटासारे, समुह बी बाट लेन्स, समुह सी बाट ब्रागा, समुह डी बाट बेनिफिका, समुह ई बाट फेयनोर्ड, समुह एफ बाट एसी मिलान, समुह जी बाट योंग ब्य्वाज र समुह एचबाट शख्तर डोनेटस्क रहेका छन् ।

अब राउण्ड १६ को ड्र डिसेम्बर १८ मा हुने छ भने राउण्ड १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुने छन्