२८ मंसिर, काठमाडौं ।
मध्यपहाडी संकल्प यात्राअन्तर्गत बिहीवार धनकुटाको लेगुवा पुगेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ ।
ओलीमाथि आक्रमण गर्ने व्यक्ति महालक्ष्मी- ५ धनकुटाका महेश राई रहेको बताइएको छ ।
फूलमाला र अबिरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई टाउकोमा मुक्का प्रहार गरेका थिए । आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए ।
अहिले राईलाई प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।