३० मङ्सिर, काठमाडौँ ।
फिफाको यस बर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिए पछि कसले बाजी मार्ला भनेर काैतुहलता बढेकाे छ ।
फिफाकाे अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना देखाएका छन । कारण, उनले गत बर्षकाे विश्वकप जिताउन ठुलाे भुमिका खेलका थिए ।,
फिफाले हरेक बर्ष प्रदान गर्ने द बेस्टको उपाधि यस बर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।
शुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरुको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेकाे छ । जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन । हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनकाे दावीलाइ कमजाेर ठानिएकाे छैन ।
लियन एम्बाप्पेले पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएकाे भनेर मनाेनित गरिएकाे जनाउँदै अाइएकाे छ ।
त्यस्तै २०२२ को द बेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।