पेट्रोल र डिजेलको मूल्य घट्यो

हाम्रो सन्देश संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ।

घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ।