ताजा समाचार

‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल जारी

२०८० कार्तिक २६ गते २०:३०

२६ कात्तिक, काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने...

बल्खुमा एक जना पुरुषको शव भेटियो

२०८० कार्तिक २६ गते २०:२०

२६ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको छ । यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७०...

दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

२०८० कार्तिक २५ गते २३:३७

२५ कात्तिक, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव

२०८० कार्तिक २५ गते १९:०८

२५ कात्तिक, काठमाडौँ । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत...

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री

२०८० कार्तिक २४ गते १७:२६

२४ कात्तिक, जानकी (बाँके) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका...

रामेछापकोे सामूहिक घरबास प्रयोगविहीन

२०८० कार्तिक २४ गते १७:२१

२४ कात्तिक, मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा माझी...

खुला आकाशमुनि रात बिताउँदा…

२०८० कार्तिक १९ गते १०:००

१९ कात्तिक, जाजरकोट । शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उहाँको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले...

अण्यौलमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

२०८० कार्तिक १९ गते ९:१७

१९ कात्तिक, काठमाडौँ । धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर...

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

२०८० कार्तिक १८ गते २२:१७

१८ कात्तिक, काठमाडौँ । कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै...

भूकम्पपीडतलाई ३५ लाख सहयोग

२०८० कार्तिक १८ गते २२:०५

१८ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई रु ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले रु १० लाख सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका हुन् । प्राकृतिक...