ताजा समाचार

भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा

२०८० कार्तिक १८ गते २१:०३

१८ कात्तिक, काठमाडौँ । शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो । समय थियो...

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

२०८० कार्तिक १८ गते २०:०२

१८ कात्तिक, काठमाडौँ । चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो । त्रिपाल, कम्बललगायत राहत...

राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई

२०८० कार्तिक १८ गते १९:२९

१८ कात्तिक, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणा गर्नुभएको छ । राहतकोषमा जम्मा गर्नुहुने भएको छ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती भएको भूकम्पबाट पीडित भएकाको सहायताका लागि...

भूकम्प अपडेट : आठबीसकोट र सानीभेरीमा २७ को मृत्यु

२०८० कार्तिक १८ गते ८:२६

१८ कात्तिक, काठमाडौँ । भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु...

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

२०८० कार्तिक १८ गते ८:२३

१८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका...

आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता

२०८० कार्तिक १७ गते १०:२०

१७ कात्तिक, काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको...

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति

२०८० कार्तिक १६ गते २१:००

१६ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ। उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ। चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै...

दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

२०८० कार्तिक १६ गते २०:५८

१६ कात्तिक, काठमाडौँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ । यसअघि पनि पटक–पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा आज मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा...

सर्वाेच्चकाे फैसलालगत्तै नेपालगन्जबाट रिगल पक्राउ

२०८० कार्तिक १६ गते १७:१०

१६ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी...

तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

२०८० कार्तिक १४ गते ११:३०

१४ कात्तिक, काठमाडौँ। आफूलाई अभियान्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफूविरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । टिका योगी वारेसमार्फत सीएन १५५९ दर्ता...