भूकम्पपीडतलाई ३५ लाख सहयोग

हाम्रो सन्देश संवाददाता

१८ कात्तिक, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई रु ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले रु १० लाख सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका हुन् ।

प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मल्हम लगाउनुपर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले राससलाई बताउनुभयो ।