ताजा समाचार

पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ

२०८० मंसिर २६ गते १८:५३

२६ मंसिर, विराटनगर ।   नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।   एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।  ओखलढुङ्गा,...

एनसेलबिरुद्ध अमरेश सिंहले दायर गरेको रिटमा आज सुनवाई हुदैँ

२०८० मंसिर २६ गते १२:३१

२६ मंसिर, काठमाडौं । एनसेलको खरिद बिक्रि प्रक्रियाका विरुद्धमा सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परे पछि आजबाट सुनवाई हुन...

साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

२०८० मंसिर २५ गते २३:०२

२५ मङ्सिर, काठमाडौँ । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। अन्जेशले बिजय खत्रीसहित २...

कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

२०८० मंसिर २५ गते १७:३१

२५ मङ्सिर, काठमाडौँ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कतारको राजधानी दोहामा उहाँहरुबीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

२०८० मंसिर २० गते २२:४०

२० मंसिर, काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाझी...

अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली

२०८० मंसिर २० गते २१:४७

२० मंसिर, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताउनुभयो ।...

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

२०८० मंसिर १७ गते २२:०३

१७ मंसिर, काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । “अन्तर्राष्ट्रिय...

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

२०८० मंसिर १७ गते २१:२२

१७ मंसिर, काठमाडौँ । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा...

एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

२०८० मंसिर १४ गते ११:४२

१४ मङ्सिर, बैतडी । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गर्नुभएको हो । सो...

मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट

२०८० मंसिर ११ गते ११:०३

११ मङ्सिर, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्याेट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फछ्र्याेट गरिएको पर्साका...