समाचार

राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु सबैको दायित्व हो : प्रधानमन्त्री

२०८० वैशाख ११ गते २२:१७

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा आज उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पत्रकारिता क्षेत्र र राजनीतिक क्षेत्रको उत्तिकै भूमिका...

चितवन २ उपनिर्वाचनः सर्वदलीय बैठक ८ बजे बस्दै

२०८० वैशाख ११ गते ११:४२

११ वैशाख, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ । गएराति मतपेटीका मतगणनास्थलमा आइसके पछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक...

तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै

२०८० वैशाख ११ गते ११:४०

११ वैशाख, काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राख्नुभएको...

कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

२०८० वैशाख ११ गते ११:३९

११ वैशाख, काठमाडौं । कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस २८ गते कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी...

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल

२०८० वैशाख ९ गते १३:०१

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४...

टोखामा आगलागीबाट एक करोडको क्षति

२०८० वैशाख ९ गते १२:५८

९ वैशाख, काठमाडौं । काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार...

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

२०८० वैशाख ९ गते १२:५४

९ वैशाख, काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत...

कानुन बनाउने नै प्रभावित हुँदा विकास असम्भव भयो : मुख्यमन्त्री शर्मा

२०८० वैशाख ८ गते २२:०८

८ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कानुन बनाउनेहरू नै प्रभावित हुँदा विकासका गतिविधि असम्भव भएको बताउनुभएको छ । उहाँले कानुन जनताका प्रतिनिधिले नभई निश्चित स्वार्थ बोकेका व्यक्ति एवं संस्थाले बनाउने गरेका कारण विकासले गतिलिन नसकेको टिप्पणी गर्नुभयो । नगर विकास कोषले...

महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

२०८० वैशाख ८ गते २१:३२

८ वैशाख, काठमाडौं । नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत इपिएसलाई...

व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी

२०८० वैशाख ८ गते १६:१७

८ वैशाख, काठमाडौं । अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् । कार्यालयले गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा...