कम परिमाणमा पेट्रोल बेचेको भेटिएपछि सशस्त्र प्रहरीको पम्प सिल

हाम्रो सन्देश संवाददाता

१ कार्तिक, काठमाडौँ ।

सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ। मूल्यभन्दा कम परिमाणमा पेट्रोल बेचकाे पाइएपछि पम्प सिल गरिएको हो।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा अनुगमन गरिरहेकाे छ।

सशस्त्रले भने सामान्य प्राविधिक समस्या मात्र भएको बताएकाे छ। हिजाे मात्रै टोलीले तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्प पनि सिल गरेको थियो।

हेलाे सरकारमा काठमाडौंका केही पम्पले घटेकाे इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल दिएर ठग्ने गरेकाे, मिसावट गरेकाे इन्धन विक्रि गर्ने गरेकाे गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।