समाचार

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० कार्तिक १४ गते २१:१२

१४ कात्तिक, काठमाडौँ। काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।नेपालका लागि कुशल...

तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

२०८० कार्तिक १४ गते ११:३०

१४ कात्तिक, काठमाडौँ। आफूलाई अभियान्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफूविरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । टिका योगी वारेसमार्फत सीएन १५५९ दर्ता...

एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि : अध्यक्ष ओली

२०८० कार्तिक १३ गते २३:१८

१३ कात्तिक, काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताउनुभएको छ । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भन्नुभयो, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर...

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

२०८० कार्तिक १३ गते २३:०९

१३ कात्तिक, काठमाडौँ। मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले...

गुटेरेसको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुद हुनेछ : प्रधानमन्त्री

२०८० कार्तिक १२ गते २३:२९

१२ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेससँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया...

महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०८० कार्तिक १२ गते २३:०८

१२ कात्तिक, काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति...

सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ

२०८० कार्तिक १२ गते ९:४०

१२ कात्तिक, काठमाडौँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा...

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ : नेत्री अन्सारी

२०८० कार्तिक १२ गते ९:३८

१२ कात्तिक, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिनुभएको छ । ‘सांसदसँग रासस संवाद’ मा उहाँले २२ जिल्ला समेटिएको मधेस प्रदेश तथा निर्वाचनसहित राज्यका सबै...

सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो

२०८० कार्तिक १२ गते ८:५७

१२ कात्तिक, मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार...

दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

२०८० कार्तिक ११ गते १०:१४

११ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । फूलपातीयता आजसम्म केही...