१८ कात्तिक, काठमाडौँ । शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो । समय थियो...
१८ कात्तिक, काठमाडौँ । चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो । त्रिपाल, कम्बललगायत राहत...
१८ कात्तिक, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणा गर्नुभएको छ । राहतकोषमा जम्मा गर्नुहुने भएको छ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती भएको भूकम्पबाट पीडित भएकाको सहायताका लागि...
१८ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क...
१८ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ । सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक विज्ञप्ति प्रकाशित गर्नु भई जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको...
१८ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गर्नुभयो । “भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन...
१८ कात्तिक, काठमाडौँ । भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु...
१८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका...
१८ कात्तिक, काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका...
१८ कात्तिक, काठमाडौँ । शुक्रबार रातिको शक्तिशाली भूकम्पले दिल्ली-एनसीआरलाई हल्लायो, तर स्थानीय अधिकारीहरूले कुनै चोटपटक वा गम्भीर क्षतिको तत्काल रिपोर्ट पाएनन्। शुक्रबार राति नेपालमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दिल्ली, नोएडा र गुरुग्राम र बिहार लगायत उत्तर...