समाचार

उच्च अदालतको आदेश : फिर्के खोलाका संरचना तत्काल नहटाउनु

२०८० कार्तिक २५ गते १०:०९

२५ कात्तिक, कास्की । उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेपछि अदालतले सो सूचना कार्यान्वयन नगर्न आदेश...

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री

२०८० कार्तिक २४ गते १७:२६

२४ कात्तिक, जानकी (बाँके) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका...

रामेछापकोे सामूहिक घरबास प्रयोगविहीन

२०८० कार्तिक २४ गते १७:२१

२४ कात्तिक, मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा माझी...

प्रधानमन्त्री दाहालद्वारा थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन

२०८० कार्तिक २४ गते १७:१४

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ गाउँपालिकास्थित थवाङ खोला पक्की पुलको आज उद्घाटन गर्नुभएको छ । उक्त पुलको लम्बाइ एक सय ६९ मिटर रहेको छ । सो अवसरमा उहाँले सहिदमार्ग कालोपत्र, थवाङमा फलफूल र जडीबुटी परियोजना र रोल्पाका सबै स्थानमा...

खुला आकाशमुनि रात बिताउँदा…

२०८० कार्तिक १९ गते १०:००

१९ कात्तिक, जाजरकोट । शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उहाँको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले...

अण्यौलमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

२०८० कार्तिक १९ गते ९:१७

१९ कात्तिक, काठमाडौँ । धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर...

जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतका पर्खाइमा छन् भूकम्पपीडित

२०८० कार्तिक १९ गते ९:०६

१९ कात्तिक, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने...

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने

२०८० कार्तिक १८ गते २२:२४

१८ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ । नेकपा (एमाले)को मधेस प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई आज पर्साको वीरगन्जमा सम्बोधन...

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

२०८० कार्तिक १८ गते २२:१७

१८ कात्तिक, काठमाडौँ । कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै...

भूकम्पपीडतलाई ३५ लाख सहयोग

२०८० कार्तिक १८ गते २२:०५

१८ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई रु ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले रु १० लाख सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका हुन् । प्राकृतिक...