१ कात्तिक, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकनिकट उच्च स्रोतले जनाएअनुसार प्रहरीले लामिछानेलाई आजै पक्राउ गर्नेगरि तयारी थालेको छ । यसअघि दशैंअघि पनि लामिछानेलाई पक्राउ गर्न...
१ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित हुन तीन तहकै सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले विपद् प्रभावित १६ जिल्लाका ७२...
१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल...
३० असोज, रौतहट । रौतहट स्थित प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने...
३० असोज, डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी...
३० असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताउनुुभएको छ । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास,...
२१ असोज, काठमाडौं । नेपाल जाइका अलमनाई एशोसियशन (जान) ले ललितपुरको गोदावरी नगरपालिका वडा नं ५ र ६ का बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ । जानले जापान नेपाल सोसाइटी, समृद्धिका लागि यथायोग्य कार्य संस्था (आइस्याप) र आफ्ना केही सदस्यहरुको सहयोगमा आज...
२१ असोज, धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट देश र जनता पीडित भएका बेला सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज सम्बोधन गर्दै मन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै...
२१ असोज, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट रु चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ । आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट रु एक करोड, प्रभु बैंकबाट रु एक करोड, अरुण...
२१ असोज, वीरगन्ज । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । करिब तीन महिना पछाडि सिमलताल बस...