समाचार

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

२०८१ असोज ११ गते १६:४३

११ असोज, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८०...

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

२०८१ असोज १० गते २२:१८

१० असोज, काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाई गरी...

भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु

२०८१ असोज १० गते २१:२३

१० असोज, काठमाडौं । बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि...

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

२०८१ असोज १० गते १९:५०

१० असोज, विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१...

सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ

२०८१ असोज ९ गते २१:३०

९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा सञ्चालन गर्ने बताउनुभएको छ । निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको आज अनुगमन निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आवश्यक बजेट...

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

२०८१ असोज ९ गते १०:५७

९ असोज, काठमाडौं । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका...

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति

२०८१ असोज ९ गते १०:१०

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।  अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको...

दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

२०८१ असोज ७ गते १६:५६

७ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् । सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ ।...

संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

२०८१ असोज ६ गते २१:०३

६ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको...

दुर्गा प्रसाईलाई आफ्नै निवासबाट गिरफ्तार- भिडियो सहित

२०८१ असोज ६ गते २०:४१

६ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ...