होटलमा पानी छोएको निहुँमा डोटीमा दलितमाथि कुटपिट

२०८० माघ १५ गते २२:३३

१५ माघ, डोटी । होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका...

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

२०८० माघ १५ गते २२:०५

१५ माघ,  काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक...

कोशी प्रदेशबाट सत्ता गठबन्धनमा अविश्वासको विजारोपण भयो : राजकिशोर यादव

२०८० माघ १३ गते १९:१४

१३ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । उनले भने,‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्नेगरि निर्माण भएको हाृ । कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुनप्रकारको समस्या देखियो,...

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

२०८० माघ १२ गते १२:२०

१२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच  संवादमा  जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए। निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट...

मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार, पग्लियो भने डुबाउन सक्छ ग्रह

२०८० माघ १२ गते ११:५९

१२ माघ, काठमाडौं । मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन् ।    मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ। यो खोजले मंगल ग्रहको भूमध्य रेखा नजिकको यो क्षेत्रमा...

साउदी अरबमा खुल्ने भयाे पहिलो मदिरा पसल

२०८० माघ १२ गते ११:३२

१२ माघ, रियाद । साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ ।    यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ। योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्तावेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ ।...

भुकम्प पीडितलाई बाडन लगिएको ४६ पिस ज्याकेट हरायो

२०८० माघ १२ गते १०:५६

१२ माघ, काठमाडौं । जाजरकोटका भुकम्प पीडितका लागि बितरण गर्न लगिएको ज्याकेट हराएको छ ।  अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।  ‘हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा...

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

२०८० माघ ११ गते २२:४९

११ माघ, सुर्खेत । राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले बताए। गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका...

दुई पुरुषको हत्यामा संलग्न एक महिला २० वर्षपछि पक्राउ

२०८० माघ ११ गते २२:३७

११ माघ, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो। जिल्ला अदालत संखुवासभाको २०६६...

कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

२०८० माघ ११ गते २०:५१

११ माघ, काठमाडौं । बिहीबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेललाई पराजित गर्दै सिटौला राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्। सिटौलाले पाँच हजार २९२ मतभार प्राप्त गरे। उनलाई सत्तारूढ गठबन्धनले सघाएको थियो। राप्रपाका पौडेलले चार हजार ५६२ मतभार प्राप्त गरे। उनलाई नेकपा (एमाले)ले...