सरकारको विकल्प खोज्ने बेला आयोः प्रदीप ज्ञवाली

२०८० माघ २० गते १३:३९

२० माघ, पाेखरा ।   नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन । प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए । ...

एमाले संसदीय दलको बैठक सुरू

२०८० माघ २० गते १३:३८

२० माघ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो ।   सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अध्यक्ष केपी शर्मा...

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

२०८० माघ २० गते १०:५५

२० माघ, काठमाडौं । काठमाडौंकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन...

विमलेन्द्र निधि भन्छन्- अबको प्रधानमन्त्री माधवकुमार नेपाल

२०८० माघ १७ गते २२:१९

१७ माघ, दाङ । कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए।...

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

२०८० माघ १७ गते २२:१७

१७ माघ, काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ घर भई बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरूङले वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २०...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८० माघ १७ गते २२:०८

१७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक...

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने ​​​​​​​

२०८० माघ १६ गते १०:४८

१६ माघ, काठमाडौ । देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा २०७९ साल चैत २ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेदेखि  अपराह्न ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने जनाएको थियो । यसैगरी गत कात्तिक १६...

शासकीय प्रणालीका विषयमा अल्मलिने समय छैन, अब विकास र समृद्धि नै मुख्य एजेण्डा हुन् : सांसद पौडेल

२०८० माघ १६ गते १०:४३

१६ माघ, गण्डकी । प्रतिनिधिसभाको चुनाव भएको एक वर्ष बितिसक्यो, तर कानुन निर्माणको मूल कार्यमा संसद्भित्र सुस्तता देखिएको छ । संविधानले निर्दिष्ट गरेअनुरुपका कानुन निर्माणमा सरकार र सदनले पर्याप्त तदारुकता देखाउन सकेको पाइन्न । वर्ष दिनका अवधिमा मिटरब्याज पीडित, नागरिकता र अर्थसम्बन्धी कानुनमात्र बन्नुलाई...

आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

२०८० माघ १६ गते १०:३०

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली समाजको राजनीतिक,...

अर्काको नागरिकता दुरूपयोग गरेर बैंकमा खाता खोलेको आराेपमा एकजना पक्राउ

२०८० माघ १५ गते २२:३६

१५ माघ, काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।    खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य...