१७ माघ, काठमाडौं ।
माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ घर भई बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
गुरूङले वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।