सुनको मूल्य सात सय रूपैयाँले उकालो, कति छ आजको भाउ

हाम्रो सन्देश संवाददाता

२४ असार, काठमाडौं ।

साताको पहिलो कारोबार दिन सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला सात सय रूपैयाँ बढेर एक लाख ११ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुन प्रतितोला एक लाख १० हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको छ ।