माघ २५ गते बुधबारको राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !

हाम्रो सन्देश संवाददाता

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको थालनि गर्ने अवसर आउनेछ । साझेदारी काममा विशेष ख्याल गर्नु होला । आम्दानी बढ्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ । पारिवारिक सहयोग पाउनु हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो समय रहेको छ । मनोरञ्जन क्षेत्रमा बढि समय व्यतित हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्कालिन आर्थीक अभाबको सामना गर्नु पर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक व्यक्तिहरुसंगको भेटघाटबाट राम्रो काम बन्नेछ । स्वास्थ्यमा सामान्य आउन सक्दछ । विश्वास गरेका व्यक्तिहरुबाट धोका हुन सक्दछ । परिवारमा सामान्य मनमुटाब आउन सक्दछ । गरिरहेको कार्यमा सामान्य झण्झट आउन सक्दछ । मान्यजनको सहयोगबाट काम बन्ने योग रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक अभाव झेल्नु पर्ने हुन सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । यात्रा गर्ने अवसर आउनेछ । काम गर्ने क्रममा दबावको महसुस हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा राम्रो रहेको छ । नजिकका साथीभाईले धोका दिन सक्दछन् । प्रतिस्पर्धात्म क्रियाकलापमा हार व्यहोर्नु पर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाईहरुबाट टाढा हुनु पर्नेछ । बोली प्रभाव बढ्नेछ । निर्णय गर्ने क्षमताको बृद्धि हुनेछ । मान्यजनहरुको सहयोगबाट काम बन्नेछ । अरुका कारण गरेको काममा अपजस आउन सक्दछ विशेष सजग रहुन होला । नसोचेको क्षेत्रमा आकस्मिक खर्च बढ्ने र मनमा खिन्नता आउन सक्दछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ ।