आफैं वीर्यको सुई लगाएर युवती गर्भवती : स्वस्थ बच्चा जन्माइन् –यो कसरी हुन्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

एक युवतीले आफ्नो गर्भावस्थाको बारेमा गरेको खुलासाले सबैलाई हैरान बनाएको छ ।

युवतीले गर्भवती हुन वीर्य भरिएको सुई आफैंले आफ्नो यौनांगबाट लगाएर गर्भाधान गरेको दाबी गरेकी छन् ।

जसका कारण उनी गर्भवती मात्र भइनन्, स्वस्थ बच्चालाई जन्म पनि दिइन् । २३ वर्षीया युवतीको नाम श्यानन नाजारोभिज हो । उनी बेलायत म्यानचेस्टर निवासी हुन् । द सनका अनुसार उनले कसरी यो प्रयोग गरेकी थिइन् भनेर बताएको छ ।

१९ वर्षको उमेरमा उनले यो प्रक्रियाबाट सन्तानलाई जन्म दिएकी थिइन् । अहिले उनी छोरीकी आमा बनेकी छिन् । उनले टिकटकमा आफ्नी छोरी ओशनको बारेमा भिडियोहरू साझा गर्छिन् ।

हालै, जब उनले टिकटक भिडियोमा आफ्नो गर्भावस्थाको बारेमा बताइन्, मानिसहरूले पत्याउन सकेनन् । श्यानन गर्भवती भएको प्रविधिलाई होम इन्सेमिनेशन भनिन्छ ।

श्याननका अनुसार उनले पहिलो पटक वीर्य दाता खोजिन् । त्यसका लागि उनलाई धेरै समय लागेन । दाता फेला पारेको तीन महिनाभित्र मेडिकल रेकर्डहरू हेरेपछि उनी वीर्यको सुईबाट गर्भवती भएकी थिइन् ।

श्याननले आफू समलैंगिक भएकाले दाता र सुई प्रयोग गरेको जानकारी गराइन् । श्याननले यो प्रविधिले काम गर्न सक्छ भन्ने कुरामा मानिसहरू अझै विश्वस्त नभएको बताइन् । त्यसैले उनले यस विषयमा धेरै भिडियोहरू बनाएकी हुन् ।

जान्नुहोस् कुन ग्रहका लागि कस्तो रुद्राक्ष धारण गर्ने ?
ज्योतिष शास्त्रका अनुसार अशुभ ग्रह, प्रतिकूल ग्रहयोगबाट बच्न शान्ति, दान, कवच धारण, रत्न धारण एवम् रुद्राक्ष धारण गर्नु आवश्यक हुन्छ ।

त्यसो भए कुन ग्रहका कस्तो रुद्राक्ष धारण गर्ने त ? यो आलेखमा कुन ग्रहका लागि कस्तो रुद्राक्ष धारण गर्ने भनेर उल्लेख गरिएको छ ।

सूर्यः सूर्यका लागि एकमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । चन्द्रमाः चन्द्रमाका लागि दुईमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । मंगलः मंगल ग्रहका लागि तीनमुखे एघारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।

बुधः बुधका चारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । बृहस्पतिः बृहस्पति ग्रहका लागि पाँचमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । शुक्रः शुक्र ग्रहका लागि छमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।

शनिः शनि ग्रहका लागि सातमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । राहुः राहु ग्रहका लागि आठमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । केतुः केतु ग्रहका लागि नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । अशुभ योगका बेला यस्ता रुद्राक्ष धारण गर्दा लाभदायक हुन्छ । कालसर्प दोषः आठ एवम् नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । शकट योगः दुई एवम् दशमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।

केमद्रुम योगः दुईमुखे रुद्राक्ष सेता धागोमा बाँधेर हरेक सोमबार लगाउन गर्नुहोस् । ग्रहण योगः सूर्य ग्रहण योगका लागि एकमुखे, आठमुखे या नौमुखे रुद्राक्ष रातो धागोमा बाँधेर आइतबार लगाउने गर्नुहोस् । यस्तै चन्द्र ग्रहण योगका लागि दुईमुखे, आठमुखे, या नौमुखे रुद्राक्ष सेतो धागोमा बाँधेर लगाउने गर्नुहोस् ।

मंगल दोषः एघारमुखे रुद्राक्ष रातो धागोमा बाँधेर मंगलबारका दिन लगाउने गर्नुहोस् ।