खानामा कपाल (राैँ) परे के हुन्छ ? खाने वा नखाने यो हेर्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कपाल (राैँ) हाम्राे शरीरकाे अभिन्न अंग हाे । हड्डी मांसपेशी र छालाले ढाकिएको हुन्छ। कंकालले शरीरलाई आकार र समर्थन दिन्छ; यस बाहेक, शरीरको कोमल अंगहरू, जस्तै मस्तिष्क, फोक्सो, कलेजो, प्लीहा, आदि, सुरक्षित राख्न मद्दत गर्दछ । यी हड्डीहरूको मद्दतले मांसपेशीहरू एक अर्कासँग सम्बन्धित हुन्छन्।

कपाल नारीकाे सुन्दरताकाे पहिचान पनि हाे । तर यही कपाल (राैँ) खानामा पर्‍याे भने हामीलाई घिन लाग्छ । हुन त खानामा कपाल (राैँ) पर्नु काेही भने सामान्य रुपमा लिन्छन् । केही समय अघि बंगलादेशमा एक पतिले खाने कुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका थिए ।

बब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्रहरीले पक्राउ गरेकाे थियाे । गाउँलेहरूले घटनाको जानकारी दिएपछि प्रहरीले मोण्डललाई पक्राउ गरेको हो । अधिकारकर्मीहरूले यो घटना महिलाविरुद्धको दमनको रूपमा बताएका थिए ।

यो समाचारले बताए अनुसार मानिस कतिसम्म नकरात्मक हुने रहेछ खानामा कपाल देख्दा भन्ने प्रमाणित हुन्छ । तपाईँ के गर्नुहुन्छ ? साधारणतया कपाल झिकेर फ्याँक्ने र खाना खाने गरिन्छ भने कोही खाना नै फ्याँकिदिन्छन् । के कपाल झिकेर खाना खानु वा खाना फ्याँक्नु के गर्नु उचित हो त ? के हुन्छ खानामा कपाल पर्दा ? कारण, असर, र रोकथाम गर्ने तरिका यस्ता छन् ।

खाना बनाउँदा वा भान्सामा बस्दा टाउको/कपाल छोपेर पस्ने परम्परा नै छ । ठूलाठूला होटल रेष्टुरेण्टमा कुक भान्सामा काम गर्ने अथवा प्रायः कामकाजीहरुले टाउको छोप्ने वा टोपी लगाउने गरेको देखिन्छ । यसको पहिचान र महत्व धेरै छ । मूख्य गरी कपाललाई खानामा पर्न नदिन यसको मुख्य कारण रहेको छ ।

कपाल झर्नु सामान्य हो, यो कति बेला कहाँ झर्छ थाहा हुँदैन तसर्थ यसलाई जथाभावी खस्न नदिन, महिलाहरुले कपाल बटारेर टाउकोमा नै गुजुल्टो बनाउँछन् र ढाक्छन् भने पुरुषहरु पनि (जो भान्सामा काम गर्छन) टोपी लगाउने परम्परा छ। ज्याेतिष विज्ञान अनुसार खानाकाे थालीमा कपाल भेटिनु अशुभकाे संकेत मानिन्छ । यसलाई नकरात्मक प्रभावकाे रूपमा पनि लिने प्रचलन शास्त्रमा उल्लेख गरेकाे पाइन्छ ।

कपाल खानामा पर्नाले अथवा निल्नाले कस्ताे असर गर्छ ?
कपालको आफ्नै छुट्टै महत्व भए पनि यसलाई खान भने अवश्य मिल्दैन । तर कहिले काही अन्य खाना मिसाएर अर्थात खाद्य पदार्थमा नदेखिने तरिकाले खानासँगै निलिन्छ । कहिले थाहा पाइन्छ कहिले थाहा नपाईकन ।

यसरी निलिएकाे कपाल कहिले काँही घाँटीमा नै अड्किएर हामीलाई समस्या हुने गर्दछ । यसकाे निराकरणका लागि घरकाे दैलाेमा बसेर काँइयाे सहायताले सात पटक सम्म काेर्‍याे भने कपाल जान्छ भन्ने मान्यता छ । अन्यथा चिकित्सककाे परामर्श लिनु पर्दछ ।

कपाल निल्नाले मानिसको स्वास्थ्यमा कस्तो असर गर्छ त ! परम्परागत रुपमा कपाल आन्द्रामा बेरिन्छ भन्ने गरिन्छ । यस्तै खाना बनाउँदा कपाल परेमा परिवारको सदस्य रोगी हुन्छन् भन्ने मान्यता छ । तर अर्को एउटा के छ भने टन्सील गराउँछ । टन्सीलका कारण मध्य कपाल मुखमा पस्याे भने पनि कतिपय अवस्थामा यस्ताे हुन्छ । के तपाँईले ख्याल गर्नु भएकाे छ ?

रोकथामका उपायहरुः
कपाल सकेसम्म वाथरूपमा काेर्ने व्यवस्था मिलाउने, जसले सरसफाईमा सहज हुन्छ । घरमा कपाल कोर्न निश्चित स्थान बनाउने, कपडा राखेर कोर्ने र कपाल कोरी सकेपछि राम्ररी बसेर कोरेको वरपर सम्म सफा गर्ने । भान्सामा जाँदा सकेसम्म कपाल गुजुल्टो पारेर ढाक्ने र कपडा फेरेर जाने । तरकारी लगायतका खाद्य सामाग्री राम्ररी सफा गर्ने साथै भान्साको सरसफाईमा विशेष ध्यान दिने र आफ्नो पनि ।