शौचालय जान्छु भनेर हिडेकी श्रीमती अर्कैको अंगालोमा भेटिएपछि…

हाम्रो सन्देश संवाददाता

७ पुस, काठमाडौं ।

अर्काकी श्रीमतीलाई अंगालो हालेपछि बैतडीको पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ।

ह”त्या आरोपमा पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरा पक्राउ परेका छन्। उनीहरुलाई बुधवार पक्राउ गरिएको हो ।

विमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। प्रहरीका अनुसार शिक्षक विष्ट सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए भने विमला भने तल्लो तलामा बस्दै आएकी थिईन।

पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको विमलाका पति प्रजाले स्वीकार गरेका छन्।

प्रजाले प्रहरीलाई दिएको वयान अनुसार पुस १ गते राति विमला शौचालय जान्छु भनेर बाहिर निस्केकी थिईन। तर, ढिलो गरेपछि प्रजा उनलाई खोज्दै गएका थिए । खोजी गर्दा शिक्षक विष्टले विमलालाई अँगालो हालेको देखेपछि विष्टलाई मुक्का हानेर ढलाएको उनले बताएका छन्।

प्रजाले विष्टको छाती र मुखमा हानेको जिकिर गरेका छन्। विष्टको मृत्यु भएपछि शवलाई छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ।

शिक्षक विष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो। मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी पुगेको थियो।

चिसोबाट प्रभावित बिरामीको सङ्ख्या पर्सामा बढ्दै
विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो ।

चिसो बढेपछि सोबाट जोगिन सर्वसाधारण आगो ताप्नाका साथै तातो चियाको चुस्कीले आफूलाई न्यायो पार्ने प्रयासमा लागेको देखिन्छन् ।

बिहानको समयमा लाग्ने हुस्सुका कारण बाटो देख्नसमेत समस्या भएपछि यातायातका साधान सञ्चालनमा कठिनाइ हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा निरजकुमार सिंहले जानकारी दिनुभयो । उहाँले सामान्य अवस्थामा ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेकामा हाल दैनिक एक सय ६० जनाभन्दा बढी चिसोबाट प्रभावित बिरामी आउने गरेकोे बताउनुभयो ।

अस्पताल आउनेमा सबैभन्दा बढी रुघाखोकी, कोल्ड डाइरिया, ज्वरो, दम, पक्षघातका बिरामी बढी आउने गरेको डा सिंहले जानकारी दिनुभयो । बढ्दो चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरको चौकचौराहालगायतका सार्वजनिक स्थानमा आगोको प्रबन्ध गर्न दाउरा र कम्बल वितरण गर्ने निर्णय गरेको उपप्रमुख इतियाज आलमले जानकारी दिनुभयो । उहाँले आजै महानगरपालिकाको कार्यालयमा सम्बन्धित सबै पक्षका अधिकारीहरूलाई बोलाई नगरका चौकचौराहामा आगोको व्यवस्था गर्न आवश्यक दाउरा र आवश्यकताका आधारमा कम्बल वितरण गर्ने निर्णय गरिएको बताउनुभयो ।

बढ्दो चिसोबाट जोगिन विना काम घरबाहिर नहिँड्न र हिँड्नैपर्ने भए न्यानो लुगा लगाई मात्र हिँड्न चिकित्सकले सुझाव दिएका छन् ।