अख्तियारका आयुक्त चन्द चुनावी प्रचारमा, एमाले उम्मेदवारको आपत्ति

हाम्रो सन्देश संवाददाता

१८ कार्तिक, धनगढी ।

निर्वाचन आचार संहिता विपरित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनावी अभियानमा लागेका छन् ।

धनगढीमा विगत दुई तीन अघिदेखि अड्डा जमाएर गठबन्धनका उम्मेदवार डिल्लीराज भट्टको पक्षमा लविङ्ग गरीरहेका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा सबैधानिक निकायका पदाधिकारीहरुलाई चुनाव प्रभावित पार्ने गरी गतिबिधि गर्न बन्देज लगाएको छ । आयोगद्धारा जारी आचारसंहिताको भाग ३ को (ग) मा प्रष्टसँग यो उल्लेख छ ।

तर अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त चन्द गत १६ कात्तिक २०७९ देखि धनगढीमा आएर गठबनधनको पक्षमा अभियान चलाइरहेका छन् । उनी धनगढीको द रुवस होटलमा बसेर कैलाली स्थित कर्मचारी, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट गरीरहेका छन् ।

भेटमा संग्लन एक स्थानीय जनप्रतिनिधिका अनुसार उनले सुरुमा गठबन्धनलाई कसरी जिताउन सकिन्छ ? भन्दै सुझाव मागेका थिए । सूदुरपश्चिम भर गठबन्धनको उम्मेदवारलाई जिताउन उनले सुझाव मागेको ती जनप्रतिनिधिको भनाई छ ।

‘आयुक्तज्यूले खासगरी कर्मचारी र सुरक्षा निकायका छानिएका सरहरुलाई गठबन्धनको पक्षमा लाग्न भन्नुभयो । केही भए आफू रहेको भन्दै ढुक्क रहन भन्नुभयो,’ भेटमा सहभागी ती जनप्रतिनिधिले भने ।

यसैविच नेकपा (एमाले) का नेता तथा उम्मेदवार नारदमुनी रानाले सबैधानिक निकायका पदाधिकारी प्रचारमा लागेको भन्दै आपत्ति जनाएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार रानाले भने, ‘यहाँ द रुवस होटलमा बसेर गठबन्धनको पक्षमा अभियान चलाइरहनु भएको छ भन्ने थाहा पाएको छु । सबैधानिक निकायका पदाधिकारीले निर्वाचिन आचारसंहिता विपरित यस्तो गर्नु दुःखद छ । आयोगको ध्यानाकर्षण होस् ।’

स्रोतका अनुसार यसविचमा आयुक्त चन्दले क्षेत्र नं. ५ का सबैजसो गठबन्धनका नेताहरुलाई भेटेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा एमाले नेता रानाले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई झण्डै ५ हजारको मताअन्तरले पराजित गरेका थिए । जनबोली बाट