केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

हाम्रो सन्देश संवाददाता

१५ असोज, काठमाडौं ।

पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।

एमालेलाई हराउन काग्रेस , माओवादी केन्द्र , नेकपा एस लगायतका दलहरुले जती सुकै गठबन्धन गरे पनि त्यसलाई पराजित गर्ने शक्ति एमालेमा रहेको भन्दै पूर्वमन्त्री घलेले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा एमालेले बहुमत ल्याउने र ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् ।

अहिलेको नेपाली जनता अत्यन्तै सचेत र सजग गरेको भन्दै घलेले देउवा प्रचण्ड माधव नेपालहरुले ओलीसँग सिंगल लड्ने हिम्मत नभएकै कारण गठबन्धन गर्न खोजेको बताइन् । गठबन्धन गर्छु भन्नुनै आफैँमा कमजोर मानसिकताको उपज भएको भन्दै उनले त्यस्ता गठबन्धनलाई भत्काउन सक्ने तागत एमालेमा देखिएको जिकिर गरिन् ।

विभिन्न राजनितीक पार्टीका नेताहरुले चुनाव आफ्नो पार्टीले जित्ने दाबी गरिहेका छन् भने नागरिक समाजका अगुवाहरुले पनि आ आफ्नो किसिमले विश्लेषण गरिरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विरुद्ध ८ दलीय गठबन्धन बनाएर देउवा , प्रचण्डहरु चुनावी मैदानमा उत्रन लागेका छन् ।

एमाले विरुद्ध कसिलो मोर्चाबन्दी बनिरहेका बेला यस पटकको चुनाव एमालेका लागी महंगो पर्न सक्ने विश्लेषण चलिरहेको बेला एमाले अध्यक्ष केपी ओलीको पक्षमा बोल्दै पूर्वमन्त्री समेत रहेकी ९२ बर्षिया समाजसेवी तथा साहित्यकार भद्रकुमारी घलले चुनाव एमालेलेनै जित्ने दाबी गरेकी छिन् ।

ओटिभी नेपाल डटकम सँग कुराकानी गर्दै ९२ बर्षिया भद्रकुमारी घलले जनता गठबन्धनको दास नभएको भन्दै एमालेलेनै चुनाव जित्ने दाबी गरेकी छिन् । अहिले पनि एमाले अध्यक्ष केपी ओलीको हिम्मत देखेर आफु चकित भएको भन्दै उनले गठबन्धन गर्दैमा कसैले चुनाव जित्छनै भन्ने केही ग्यारेन्टी नभएको बताइन् ।

गठबन्धनले जता भन्यो त्यतै भोट हाल्नका लागी जनता गठबन्धनको दास नभएको भन्दै घलेले निर्वाचनमा जनताले विवेकको मत प्रयोग गर्ने बताइन् । गठबन्धन गर्दैमा चुनाव जितिन्छ भन्नु भ्रम मात्रै रहेको भन्दै घलेले स्थानिय तहको निर्वाचनमानै गठबन्धनले हावा खाइसकेको दाबी गरिन् ।

केपी ओलीको हिम्मत र चतुरता देखेर एमालेलेनै चुनाव जित्छ जस्तो आफुलाई लागेको भन्दै घलेले एमालेका विरुद्ध धेरै वटा पार्टी चुनावमा मिल्नुनै उनीहरु कमजोर भएको स्विकार गर्नु हो भन्ने कुरा स्पष्ट भएको उनले बताइन् ।

बलियोले गठबन्धन गर्छ की कमजोरले गठबन्धन गर्छ भन्दै घलेले प्रश्न गरेकी छिन् । अवस्य पनि जो कमजोर छ उसैले अरुको सहारा खोजेर गठबन्धन गर्ने भन्दै उनले देउवा , प्रचण्ड , माधव नेपालहरुलेनै हामी कमजोर छौँ भनेर स्विकार गरिसकेको जिकिर पनि उनले गरिन् ।

पूर्व मन्त्री घलेले एमालेका अध्यक्ष केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद रहेको बताइन् । ओलीले प्रधानमन्त्री हुँदा पशुपतीनाथमा १२ किलोको जलहरी चढाएको स्मरण गर्दै घलले पशुपतीनाथले पनि एमालेको कृपा गर्ने विश्वास व्यक्त गरिन् ।

केपी ओलीका विरुद्ध सबै अरिंगालको गोलो जस्तो बनेर लागे पनि त्यसालाई तोड्ने हिम्मत ओलीमा रहेको जिकिर उनले गरिन् । राम्रो काम गर्ने मान्छेका लागी आफ्नो सर्पोट रहेको भन्दै घलेले आफु एमाले भने नभएको प्रष्ट पारिन् । ओलीको काम गराइबाट भने आफु निकै प्रभावित भएको घलेले सुनाइन् ।