अष्ट्रेलियाको भिसामा थप कडाई, यस्ता कागजात अनिवार्य !

हाम्रो सन्देश संवाददाता

२३ साउन, काठमाडौं ।

अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई दिदैआएको भिसामा थप कडाई गर्ने भएको छ । नयाँ दिल्लीस्थित अष्ट्रेलियन हाईकमिसनको प्रतिनिधिमण्डलले नेपालमा आएर यस्तो जानकारी गराएको हो ।

अष्ट्रेलिया सरकारको प्रतिनिधि मण्डलले केहीदिनअघि मात्रै नेपालमा एकदिने कार्यशालाको आयोजना गरेर विदेशी विद्यार्थीहरूको लागि शैक्षिक सेवा (ईएसओएस) सम्बन्धी नीति, नेपाली विद्यार्थीसँगै शैक्षिक मरामर्शदाताले

सतप्रतिशत भीसा प्राप्तिका लागि गर्नुपर्ने सुधारका बिषयमा छलफल गरेको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारि दिनुभयो । अष्ट्रेलियाको उच्च शिक्षा तथा भीसा नीतिबारे र विद्यार्थी, शैक्षिक परामर्शदाताको भुमिका बारे भएको छलफलमा विभिन्न शैक्षिक परामर्शदाताहरुका संघ

संगठन (इक्यान, सेकन, आइरिन, नारा, नेका, एरी नेपाल) का अध्यक्ष एवंम प्रतिनिधिहरुको सहभागिता रहेको इक्यानका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

कार्यशालामा दक्षिण एशिया, अष्ट्रेलियन उच्चायोग नयाँ दिल्लीस्थित शिक्षा र अनुसन्धान विभागका काउन्सिलर ब्रेट गाल्ट स्मिथ, नयाँ दिल्लीस्थित अष्ट्रेलियाली उच्चायोग

गृहमामिला विभाग प्रमुख एन्ड्रयू ड्वायर, गृह मामिला विभाग सेकेण्ड सचिव एन्ड्रयू ड्वायरले बढी भिसा रद्ध भएको कारण र भिसा आवेदनमा गर्नुपर्ने सुधार बारे जानकारि गराउनुभएको थियो ।