स्वतन्त्र रुपमा काम गर्न नसकिने रहेछ भन्दै बालेनले निकाले यस्तो बोल्ड निष्कर्ष !

हाम्रो सन्देश संवाददाता

१९ साउन, काठमाडौं ।

अहिले राजधानी काठमाडौंका सडकका फुटपाथ फोहोरले भरिएको छ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनाव जितेपछि हौसिएका काठमाडौंबासीहरुले स्वतन्त्रले झन् काम गर्न नसक्ने रहेछन् भन्न थालेका छन् । बालेनलाई राजनीतिक दल नै ठिक भन्ने जनतालाई देखाउन पनि राजनीतिक दलहरुले असहयोग गरिरहेका छन् ।

यसैबीच, बालेनले दलको साथ खोजेका छन् । बालेनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा प्रवेश गराउने सहमति भएको चर्चा भइरहेका बेला मेय साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबिच भेटवार्ता भएको छ । हिजो बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएको हो । तर बुधबारको भेटमा काठमाण्डौको फोहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको महामन्त्री गगन थापाले सामाजिक संजालमा जानकारी गराएका थिए ।

काठमाण्डौ महानगरपालिकाको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने भने महामन्त्री थापाले बताएका छन् । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भएका मेयर बालेन शाह पछिल्लो समय एक पछि अर्को विवादमा तानिएका छन् । उनलाई मेयर बनाउँनु पर्छ भनेर हिड्नेहरुनै अहिले उनको विरोधी भएर निस्कन थालेका छन् ।

पटक पटक विवादमा पर्दै गएपछि मेयर शाहले राजनितीक पार्टीहरुको साथ खोज्न थालेका छन् । काठमाडौै महानगरपालिकाले आगामी आर्थिक बर्षका लागी बिनियोजन गरेको बजेटमा पनि काग्रेस र एमाले नेताका नाममा खुलेका ट्रस्ट र फाउण्डेसनको नाममा करोडौँ बजेट बिनियोजन गरिएको छ ।

यसै विच मेयर बालेन शाह अब स्वतन्त्र हैसियतमा नबस्ने र उनी कुनै राजनितिक दलमा प्रवेश गर्न लागेको हल्ला चलेको छ । बालेन नेपाली काग्रेसमा प्रवेश गर्न लागेको र काग्रेसका महामन्त्री गगन थापासँग भित्री सेटिङ भइरहेको खबर बाहिरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री शेरबहादुर तामाङले किटानीका साथ बालेन नेपाली काग्रेसका प्रवेश गर्न लागेको दाबी गरेका छन् । यो कुराको सुचना आफु सँग भएको भन्दै तामाङले गगन थापाले यसमा कुरा गरिरहेको दाबी गरेका छन् ।

प्राइम टाइमस् टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्र्दै एमाले नेता तामाङले बालेन काग्रेस प्रवेश गर्न लागेको सुचना आफु सँग भएको दाबी गरेका छन् । काग्रृेस महमन्त्री गगन थापाले गोप्य रुपमा बालेनसँग कुराकानी गरिरहेको दाबी पनि उनले गरेका छन् ।

काठमाडौँ महानगपालिकामा काग्रृसको बहुमत रहेकाले काग्रेस प्रवेश गर्ने तयारीमा बालेन रहेको दाबी एमाले नेता तामाङले गरेका छन् । काठमाडौँ महानगरपालिकाको निति तथा कार्यक्रम, बजेट लगायतका कुराले पनि त्यो कुरा पुष्टि हुने जिकिर उनले गरेका छन् ।

एमाले नेता तामाङसँगै कार्यक्रममा सहभागी रहेका काग्रेस नेता मोहन बस्नेतले पनि स्वतन्त्रहरुले चुनाव जित्नु राम्रो नभएको बताए । दलीय व्यवस्थामा दलनै प्रमुख रहने भन्दै उनले स्थानिय तहको निर्वाचनमा स्वतन्त्रहरुले जित्नु राजनितिक पार्टीका लागी सबक भने भएको बताए ।

काग्रेस नेता बस्नेतले मेयर बालेन शाहलाई नानीमैँया दहाल सँग तुलना गरेका छन् । पञ्चायतकालमा पनि नानीमैयाले काठमाडौँ बाट जितेको भन्दै यस्तो कहिले काँही हुने बताए । सबल लोकतन्त्रका लागी भने यस्ता चिजले राम्रो नगर्ने जिकिर बस्नेतले गरेका छन् ।