फेरि बढ्यो सार्वजनिक गाडीभाडा, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

हाम्रो सन्देश संवाददाता

७ असार, काठमाडौं ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ ।

भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको छ ।

त्यस्तै १० किलोमिटरसम्मको भाडा भने २५ बाट बढेर २७, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटर भन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ ।

जागिरे होइन पत्रकार बन्नूस् : अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिनुभएको छ । रासस वाग्मती प्रदेश कार्यालय हेटौँडाले रासस सेवासम्बन्धमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले अब पत्रकारहरू कर्मकाण्डी पत्रकारिताबाट बाहिर आउनुपर्ने बताउनुभयो ।

“जनताको करबाट सञ्चालित संस्थामा काम गर्ने सञ्चारकर्मीले जनताका लागि सूचना दिनुलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ”, अध्यक्ष झाले भन्नुभयो, “राससमा काम गर्नु जागिर गर्नु नभएर दायित्व निर्वाह गर्नु हो ।” सत्यका आधारमा तथ्यपरक खबर दिनु राससको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम तथ्यपरक सत्य समाचार सञ्चारमाध्यमलाई उपलब्ध गराएर जनता सुसूचित गर्नु हो ।” अब कारण र परिणामसहितको सूचना जनतालाई दिनु राससको लक्ष्य हुने अध्यक्ष झाको भनाइ थियो ।

रासस वाग्मती कार्यालय प्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राससका सञ्चालन समिति सदस्य शङ्कर खरेल, प्रशासन प्रमुख शीतल महतो, कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत, अङ्ग्रेजी सेवाका वरिष्ठ सम्पादक नारायण घिमिरे लगायतले राससले उपलब्ध गराउने सेवा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।