के तपाई अण्डा खानुहुन्छ ? अण्डा खादा हुने यस्ता १० फाइदाको बारे जान्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

यदि तपाई अण्डा खानुहुन्छ भने तपाईको लागि यो खुशीको खबर हो । यदि रुचाउनु हुँदैन भने पनि अण्डा खानुको यी फाइदाको जानकारी राखी अवश्य एकपटक अण्डा खाने सोच बनाउनु हुनेछ । यो सत्य कुरा हो, आज हामी अण्डा खानुको यस्ता १० फाइदाको बारेमा चर्चा गर्दैछौँ, जसले तपाईलाई अचम्म पार्न सक्छ ।

१-प्रतिदिन १ अण्डाको सेवनले तपाईको शरीरमा बोसोको एक दिनको आवश्यक मात्रालाई पूर्ति गर्छ ।२-अण्डाको सेवन वजन नियन्त्रण राख्न निकै मद्दतगार सावित हुन्छ । अण्डा खाइसकेपछि भोक शान्त हुन्छ र तपाई ओभरइटिंग गर्नबाट बँच्नुहुन्छ । यसले लामो समयसम्म पेट भरिएको महसूस हुन्छ र भोक लाग्दैन । यस्तो अवस्थामा तपाईको वजन नियन्त्रण गर्न मद्दत गर्छ ।

३-आँखाको लागि पनि अण्डा फाइदाजनक नै मानिन्छ । प्रतिदिन एक अण्डालाई आफ्नो आहारमा समावेश गर्नाले क्यारोटिनायड्सको पूर्ति हुन्छ, जसले आँखाको कोशिका नष्ट हुनबाट जोगाउँछ । यसको साथै दिनहुँ एक अण्डा खाँदा मोतियाबिन्दुको खतरा कम हुन्छ ।

४-एक सोधको अनुसार अण्डा, रक्तवाहिनीमा रगतको थेक्लो जम्ने, हर्ट स्ट्रोक एवम् हर्ट अट्याकको सम्भावनालाई कम गर्न सहायक हुन्छ । यसको साथै यो केओलीन को राम्रो स्रोत हो, जसले मस्तिष्क, मुटुको धमनीको क्रियाविधिलाई सुचारू बनाई राख्न मुख्य भूमिका निभाउँछ ।

५-अण्डाको सेवनले तपाईको आलस्यलाई ऊर्जा प्रदान गर्न मद्दत गर्छ । यो एक राम्रो एनर्जी बूस्टर हो । प्रतिदिन बिहानको नास्तामा अण्डालाई समावेश गरी तपाई पुरा दिन ऊर्जावान महसूस गर्न सक्नुहुन्छ । अण्डाको पहेँलो भागमा पाईने स्वस्थ फ्याटले शरीरलाई ऊर्जा प्रदान गर्छ ।६-अण्डा प्रोटीनको एक राम्रो स्रोत मानिन्छ, यसमा एल्ब्यूमिन प्रोटीन भरिपूर्ण मात्रामा पाईन्छ । यसले शरीरमा प्रोटीनको कमी पुरा गर्नका लागि आवश्यक पोषण प्रदान निकै मद्दत गर्छ ।

७-स्तन क्यान्सरको रोकथामको लागि पनि अण्डा निकै मद्दतगार सावित हुन्छ । एक सोधका अनुसार सप्ताहमा ६ अण्डाको सेवन गर्ने महिलामा स्तन क्यान्सरको खतरा ४४ प्रतिशत कम देखियो ।८-एक अण्डामा ६ ग्राम उच्च गुणयुक्त प्रोटीन र शरीरको लागि आवश्यक ९ अमीनो एसिड पाईन्छ । सल्फर लगायत अन्य खनिज-भिटामिन हुनुको कारण अण्डा कपाल र नंगको लागि लाभदायक मानिन्छ ।

९-अण्डामा भरिपूर्ण मात्रामा भिटामिन-डी पाईन्छ, जसले हड्डीलाई बलियो बनाउनको लागि निकै आवश्यक हुन्छ । यसले शरीरमा सूर्यको किरणको अवशोषणमा मद्दत गर्छ, जसले हड्डी बलियो हुन्छ ।१०-अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ । यसमा भिटामिन ए, डी, बी१२, रिबाफ्लेविन, फोस्फोरस र फोलेट पाईन्छ । यसले शरीरको कार्यलाई सुचारू रूपले बनाई राख्न मद्दत गर्छ र मस्तिष्कलाई बलियो बनाई आँखाको रोशनी बढाउँछ ।