४ वर्षदेखि अफेयरमा सुनिता डंगोल , मंसिरमा विवाह गर्ने तयारी ! को संग ?

हाम्रो सन्देश संवाददाता

४ असार, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने भएकी छन् । पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।

उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन ।

नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन् ।

हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’

जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्,’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।