अन्ततः ओलीको यस्तो स्पष्टीकरणसँगै प्रचण्ड र माधव नांगिए !

हाम्रो सन्देश संवाददाता

२७ जेठ, काठमाडौं ।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए ।

तर त्यो अफर कसले गरेको हो भन्ने खुलाएका थिएनन् । धेरैले स्थानीय तह निर्वाचनमा नसोचेको पराजय बेहोरेको एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको अफर गरेको अनुमान गरेका थिए ।

तर, एमाले अध्यक्ष ओलीले आफूले कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन नदिएको बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा उनले आफूले कसैलाई पनि प्रधानमन्त्री बनाउने आश्वासन नदिएको बताएका हुन् ।

ओलीको यो स्पष्टीकरणसँगै प्रचण्ड र माधव नांगिएका छन् । उनीहरूले नेपाली कांग्रेसलाई घुर्की र ध’म्क्या’एर आगामी निर्वाचनमा सिटको बार्गेनिङ गर्न खोजेको पुष्टि भएको छ । स्थानीय निर्वाचनपछि एमाले र माओवादी मिल्ने धेरैको अनुमान थियो ।तर, ओलीले त्यसको पनि खण्डन गरेका छन् ।

उनले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको स्पष्ट पारे । तर, कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् ।कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन,’ उनले भने ।

यो पनि : काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने, अध्यक्ष बन्ने रामवीरको इच्छा

काठमाडौं, काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइन् ।

शुक्रबार बिहान मन्त्रालयमा सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । त्यसका लागि सरकारीभन्दा पनि जनप्रतिनिधि संलग्न रहेको समिति बनाउनु राम्रो हुने बताइन् ।

‘हामीले बलियो संयन्त्र बनाउँछौं । मन्त्रीहरू त आउने जाने भइरहन्छ । यसका लागि माननीयज्यूहरू संलग्न समिति बनाउनु राम्रो हुन्छ । त्यसका लागि प्रधानमन्त्रीज्यूसँग पनि छलफल गर्छौं र समिति बनाएर काम अगाडि बढाउँछौं,’ मन्त्री झाक्रीले भनिन् ।

छलफलको क्रममा बलियो संयन्त्र बनाएर अनुगमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो । नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरको समस्या बेला बेला उठ्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।

सोही क्रममा मन्त्री झाक्रीले मन्त्री तथा कर्मचारीहरूबाट भन्दा पनि प्रतिनिधिसभा सदस्यहरू संलग्न समिति गठन गर्दा राम्रो हुने बताइन् । त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरिने र संसद्‌बाट समिति गठन गरिने बताइन् ।

मन्त्री झाक्रीले भनेको समितिको संयोजकको लागि नेकपा एमाले सांसद रामवीर मानन्धरले इच्छा व्यक्त गरेका छन् । संसदमा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् ।

आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ, तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ ।

सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियाेस्’, उनले भने ।काठमाडौंको फोहोर व्यवस्थापन आफुले मात्रै गर्न सक्ने उनको दाबी छ ।

स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको एक महिना वितिसकेको तर, फोहोरको समस्या झन दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । वर्तमान सरकार बनेको पनि एक वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको बताए ।