१ लाख ९० हजार बुझाएर साउदी आएका ३८ नेपाली जुबेलको सडकमा अलपत्र

हाम्रो सन्देश संवाददाता

२५ जेठ, काठमाडौं ।

नेपालको Al-Harmain H.R.Pvt.Ltd मेनपावर बाट वैदेशिक रोजगारीको लागि साउदीको JIBAL NAJd Company मा आएको ३८ जना नेपाली अलपत्र परेको छ।

हाडजोर्नी दुख्छ भने यो सामग्री डिलिट हुनु अघि नै पढीहाल्नुहोस्! साउदी आएको केही दिन देखि समस्यामा परेको उनीहरू मेनपावरलाई १ लाख ९० हजार बुझाएका थिए।

साउदी आएपछि नेपालमा सम्झौता गरिएको कम्पनी नभेटिएपछी मेन पावर गुनासो राख्दा कुनै रेस्पोन्स नगरेको पीडितले जानकारी दिए। उनीहरूले समस्या बारे मिडियामा सार्वजनिक गरेपछि रियाद बाट साउदीको जुबेलमा ल्याएर सडकमा अलपत्र पारेका बताएका छन् ।

मलेसिया जाने श्रमिकसँग अनधिकृत रकम असुल्ने मेडिकल व्यवसायी चार वर्षपछि पक्राउ !

मलेसिया रोजगारीमा जाने श्रमिकहरूसँग स्वास्थ्य परीक्षणका नाममा अनधिकृत शुल्क उठाएको आरोपमा सुनापति मेडिकल सेन्टरका सञ्चालक जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ।

निज केसीविरुद्ध बायोमेट्रिकका नाममा श्रमिकहरूसँग कानुनविपरित शुल्क उठाएको भन्दै जिल्ला अदालत ललितपुरमा २०७५ जेठ २४ गते मुद्धा परेको थियो।

उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सोही मुद्धा परेको थियो। सोमबार काठमाडौं जिल्ला अदालतबाट १५ लाख धरौटीमा रिहा भएलगत्तै उनलाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको परिसरका एसपी सिद्धिविक्रम साहले जानकारी दिए।

२०७५ सालमा तत्कालीन श्रम, रोजगार तथा सामािजक सुरक्षा मन्त्री गोकर्ण विष्टले व्यवसायीहरूले मलेसिया जाने कामदारमाथि सिण्डिकेट लादेर अतिरिक्त रकम असुलेको भन्दै कारबाही अभियान चलाएका थिए।

उनले मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै भिएलएन, माइग्राम, आइएससी, ओएसी (वनस्टेप सेन्टर र बायोमेट्रिक खारेजीका लागि पराराष्ट्रमार्फत कूटनीतिक पहल गर्ने निर्णय सुनाएका थिए। त्यतिबेला ४४ व्यवसायीहरूलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका कतिपय व्यवसायीले सफाइ पाइसकेका छन्। कतिपयको मुद्दा अदालतमा विचाराधीन छ। कतिपय भने अझै फरारको सूचीमा छन्।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष समेत रहेका केसी पनि फरार सूचीमा थिए। उनी विरुद्धको मुद्धा जिल्ला अदालत ललितपुरमा लामो समयदेखि मुलतविमा थियो।