यस्तो छ २० जिल्लाको जग्गाको न्युनतम मूल्य, कुन जिल्लाको जग्गा कति महँगो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

के तपाई जग्गा किन्नका लागि साथीभाइलाई सोधखोजमा लगाइरहनु भएको छ ? अर्थात तपाईले जग्गा किन्न सोचेको जिल्लामा कति भाऊ पर्ला भनेर सोंचेर बसिरहनु भएको त छैन ?

अब तपाईले साथीभाइलाई जग्गा खोज्न र जग्गाको भाउ बुझ्न लगाउने भन्दा पनि सरकारले कुन जिल्लाको जग्गाको भाऊ कति कायम गरेको छ भन्ने कुरा पहिला जान्न आवश्यक छ । देशका २० जिल्ला मालपोत कार्यालयले आफ्नो जिल्लाको जमिनको न्यूनतम मूल्याङ्कन तोकेको छ । यो वर्षको जग्गाको मूल्याङ्कन गत वर्षको भन्दा बढेको छ । २० जिल्लामा रहेका जग्गाको न्यूनतम

मूल्याङ्कन कहाँ कति छ त ?

–अर्घाखाँची
अर्घाखाँची मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्याङ्कन सार्वजनिक गरेको छ । प्रति वर्गफिट ६ सय रुपैयाँदेखि २४ हजार रुपैयाँसम्म न्यूनतम मूल्याङ्कन तोकिएको छ । सिन्धुखर्कमा ६ सय रुपैयाँप्रति वर्गफिट रहेको छ भने शहरी तथा बजारी क्षेत्रमा प्रतिवर्ग फिट २४ हजार रुपैयाँ तोकिएको हो ।

–इलाम
इलामको मंगलबारेस्थित मालपोत कार्यालय अनुसार बुधबारे बजार र क्याम्पस क्षेत्रका जग्गाहरुको न्यूनतम मूल्याङ्कन प्रतिआना १२ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँ तोकिएको छ ।

–संखुवासभा
संखुवासभामा यो आर्थिक वर्षबाट न्यूनतम मूल्याङकन ४० हजार रुपैयाँ प्रतिआनादेखि १५ लाख प्रतिआनासम्म तोकिएको छ । आँखीभुइँको पाखामा रहेको जमिन भने ४० हजार रुपैयाँ प्रतिआना रहेको छ भने मुडेबजार क्षेत्रको जग्गा १५ लाख रुपैयाँ प्रतिआना रहेको छ ।

–डोटी
डोटीको सिलगढी मालपोत कार्यालयका अनुसार दिपायल सिलगढीमा जग्गाको न्यूनतम मूल्य ३५ हजार रुपैयाँदेखि ३ लाख २५ लाख रुपैयाँसम्म रहेको छ । यहाँका खेती योग्य जमिन ४१ हजार रुपैयाँ प्रतिआना रहेको छ भने बाटो बनेका जग्गा ३ लाख २५ हजार रुपैयाँ प्रतिआना रहेको छ । –दैलेख
दैलेख मालपोत कार्यालयका अनुसार न्यूनतम जग्गाको मूल्य २० हजार रुपैयाँ प्रति ५ वर्गफिट तोकिएको छ । मोटर बाटोले छोएको जमिनको मूल्य १५ लाख ५० हजार रुपैयाँ तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

–धनकुटा
धनकुटामा राजमार्गका दायाँबायाँका जग्गा प्रतिरोपनी ५ लाख रुपैयाँदेखि १८ लाख रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

–सुनसरी
धरान मालपोत कार्यालयका अनुसार धरानमा २७ लाख रुपैयाँ आनादेखि १ करोड २० लाख रुपैयाँ आनासम्मका जग्गाहरु रहेका छन् । धरानको वडा नम्बर ५्६ का क वर्गका जग्गाहरु प्रतिआना १ करोड २० लाख रुपैयाँ तोकिएको छ । धरानको वडा नम्बर ३ को ख वर्गका जग्गा २७ लाख प्रतिआना रहेका छन् ।

–पर्सा
पर्सा मालपोत कार्यालयका अनुसार जग्गाको मूल्य १ लाख रुपैयाँदेखि १ करोड ८० लाख रुपैयाँसम्म प्रति कठ्ठा न्यूनतम मूल्याङ्कन तोकिएको छ ।

–पाँचथर
पाँचथरमा १० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म प्रतिरोपनी जग्गाको न्यूनतम मूल्य तोकिएको छ ।

–पाल्पा
पाल्पा मालपोत कार्यालयका अनुसार ३ हजार रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँ प्रतिरोपनी जग्गाको मूल्य तोकिएको छ । पाखातिर रहेको जग्गालाई ३ हजार प्रतिरोपनी तोकिएको छ भने सडकले छोएको जग्गालाई १ लाख २५ हजार रुपैयाँ न्यूनतम मूल्य तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

–प्यूठान
प्यूठान मालपोत कार्यालयका अनुसार प्रतिरोपनी १० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म तोकिएको छ । पाखामा रहेको बाझो जग्गाको मूल्य प्रतिरोपनी १० हजार रुपैयाँ तोकिएको हो भने मोटर बाटोसँग जोडिएको जग्गालाई ७ लाख रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको कार्यालयले जानकारी दिएको छ ।

–रुपन्देही
रुपन्देहीमा १ हजार ३ सय ८० वर्गमिटर देखि ५६ लाख ४० हजार रुपैयाँप्रति कठ्ठा न्यूनतम मूल्य तोकिएको छ । दाङमा जग्गाको न्यूनतम मूल्य ९ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँ प्रतिवर्गमिटर तोकिएको छ ।

–कास्की
कास्कीमा जग्गाको मूल्य ३ लाख रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको छ । –स्याङ्जा स्याङ्जामा जग्गाको मूल्य १२ हजार रुपैयाँदेखि ३ लाख ७ हजार प्रतिरोपनी तोकिएको छ ।

–मकवानपुर
मकवानपुरमा जग्गाको मूल्य २५ हजार रुपैयाँदेखि ११ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।

–बागलुङ
बागलुङमा जग्गाको मूल्य १ लाख रुपैयाँदेखि २ लाख ७५ हजार रुपैयाँ प्रतिआना न्यूनतम मूल्याङ्कन गरिएको छ । भित्री फाँटमा परेका जग्गा १ लाख रुपैयाँ प्रतिआना तोकिएको छ भने बुर्तिबाङका जग्गाहरु २ लाख ७५ हजार रुपैयाँ प्रतिआना न्यून मूल्य तोकिएको छ ।

–चितवन
चितवनमा १ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँ प्रतिआना जग्गाको न्यूनतम मूल्य तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

–सुर्खेत
सुर्खेतमा जग्गाको मूल्य ११ हजार रुपैयाँदेखि ७० हजार प्रतिरोपनी न्यूनतम मूल्याङ्कन तोकिएको छ ।

–मोरङ
मोरङमा १ सय १० वर्गमिटरदेखि ३ सय ७५ वर्गमिटर जग्गाको मूल्य तोकिएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।
–दाङ