प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले पछि पार्दै एमालेले सुरु गर्यो बिजय यात्रा

हाम्रो सन्देश संवाददाता

३१ वैशाख, मुस्ताङ ।

मुस्ताङमा नेकपा एमालेले जीतको खाता खोलेको छ । जिल्लाको घरपझोङ गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

जम्मा १५४ मत खसेको वडामा १४९ मत सदर भएको भएको थियो । जसमा एमालेका उम्मेदवारले अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जाइएको छ ।

प्रतिद्वनद्वि कांग्रेसले भने ४३ मत प्राप्त गरेको छ । घरपझोङ गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहँ वडा सदस्यहरु भने निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना तत्काल नहुने भएको छ । मतपेटिका ल्याउने क्रम अझै जारी रहेकाले मतगणना थालनी गर्न अझै समय लाग्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म मत गणनको लागि समय तय भइनसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं महानगरको मतगणना सुरु भइसकेको भन्दै यसअघि नै सामाजिक संजालमा सार्वजनिक भएको भएपनि त्यो सत्य नभएको काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।

काठमाडौं जनसंख्याको आधारमा सबैभन्द ठूलो महानगरपालिका हो । यहाँ ३२ वडा रहेको छ भने ३ सय ६३ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

मतदानका दिन १८ सञ्चारमाध्यमलाई आचारसंहिता अनुसारको कारबाही

प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । आज निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाई क्षमाचायना गर्न निर्देशन दिएको थियो । तीमध्ये आठवटा सञ्चारमाध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो ।
सञ्चारमाध्यमले भूलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ती स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताउनुभयो । ती सञ्चारमाध्यमले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा सजग रहने प्रतिबद्धतासमेत जनाएका छन् । तर केही सञ्चारमाध्यमले मौखिकरूपमा भूलसुधारको प्रतिबद्धता जनाए पनि भूलसुधार गरेको भने पाइएन । त्यस्ता सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीमा काउन्सिलले विशेष अनुगमन जारी राखेको छ ।
काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चारमाध्यममध्ये आचारसंहिता विपरीतका सामग्री सम्प्रेषित गरेका सञ्चारमाध्यमलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो । काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्ता÷सूचीकरण नभएका १८ वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।

अनुगमनका क्रममा सञ्चारमाध्यमसँग आबद्धता रहेको नदेखिएका चारवटा युट्युब च्यानललाई निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गरेका कारण अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा पत्राचार गरिएको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।