चितवन र डडेल्धुरामा मतदाता प्रभावित पार्न पैसा बाँडिएको आरोप

हाम्रो सन्देश संवाददाता

२८ वैशाख, काठमाडौं ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलका दुई शीर्ष नेताहरूकै गृहजिल्लामा मतदाता प्रभावित पार्न पैसा बाँडिएको आरोप लागेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देउवाले मतदाता प्रभावित पार्न करोडौं रकम ल्याएको आरोप लगत्तै चितवनको भरतपुरमा पनि गठबन्धनले झोला मा पैसा र साडी बाँडेको आरोप लागेको छ ।

नेपाली कांग्रेसबाट निष्कासित भएर नेपाली कां ग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका डडेल्धुरा कांग्रेसका पूर्व सभापति कर्ण बहादुर म ल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ धनगढीमा ल्याइएको दाबी गरे। सभापति देउवा हिजो गृहजि ल्ला पुगेकै दिन मल्लले हिजो साँझको चुनावी सभामा देउवाले करोडौं रुपैयाँ लिएर आएको उनको दावी छ । धनगढीबाट वाग्मती प्रदेशको ०२७८-५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ आएको उनको दावी थियो । उनले भने, ‘जीप कम्पनीको जीप हो ।

शेरबहादुर देउवा जीले रुखका उम्मेदवारलाई मतदान गर्नका लागि, डडेलधुराका मतदातालाई खरिद गर्न करोडौं लिएर आउनुभएको छ । त्यो पैसा विद्युत-सडकका कुनै कर्मचारी को घरमा राखिएको छ । अब हरेक जनताले प्रश्न गर्नुहोला, रुखका उम्मे दवार साथीले पनि यहाँ मे रो हिस्सामा आएको पैसा कति पर्छ भनेर । हिस्सा लिनुस् र चोक(चोकमा सार्वजनिक गर्नुस् । सच्चा कांग्रेस हो भने चोक(चोकमा सार्वजनिक गर्नुस् ।’

यता चितवनको भरतपुर महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित गर्न झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका छन् । मंगलबार भरत पुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयर उम्मेदवार पौडेलले सत्ता गठ बन्धनले झोलाझोलामा पाँच हजार, दश हजार रुपैयाँ र साडी बाँडेको सूचना आफूलाई आएको बताए । उनले त्यसको अगुवाइ कांग्रेसले गरिरहेको बताए । उनले चुनाव प्रभावित गर्न अनेक खालका प्रयास थालिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

उनले कांग्रेस जोगाउ नका लागि विद्रोह गरेको बताए । ‘धेरै कांग्रेसका नेता कार्यकर्ता मलाई भेट्न आउनुहुन्छ’, नेता पौडे लले भने, ‘मैले चुनाव हारे पनि जिते पनि यो सन्देश देशभरि जान जरुरी छ, अनि बल्ल कांग्रेस बच्छ ।