कलम चिन्हका माधव नेपालले चुनावी सभामा झुक्किएर सूर्य चिन्हमा भोट मागे!

हाम्रो सन्देश संवाददाता

२७ वैशाख, काठमाडौं ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ। पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ।

मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो। जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे। सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे। यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झाना आएको हुनसक्छ। जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए।

सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे। त्यसपछि पनि उनी एकछिम अकमक्किए। एक छिन अलमल्लिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे।

कांग्रेस कार्यकर्तामाथि फेरि माओवादीको आक्रमण, एक जीपसहित तीन मोटरसाईकलमा आगजनी र तोडफोड

मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै रुकुमको आठबीसकोट नगरपालिकामा कांग्रेस र माओवादीबीच फेरि झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम स्रोतका अनुसार आठबीसकोट नगरपालिका १० को घारीखोलामा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए । कांग्रेसको घरदैलोका क्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणपछि कांग्रेस कार्यकर्ताहरु प्रयोग गरेको मोटरसाईकल छोडेर भागेका थिए । यसरी छाडिएको मोटरसाइकलमा माओवादी कार्यकर्ताले आगजनि गरेका छन् ।

कांग्रेस कार्यकर्ताले छाडेको भे८प ३६२० नम्बरको माटरसाईकलमा माओवादी कार्यकर्ताले आगो लगाइदिएका छन् । भे७प ३०६५ नम्बरको मोटरसाईकल रोडबाट खेतमा खसालिएको छ । यस्तै रा ४ प १८७० नम्बरको मोटरसाइकल र लु१ ज २६६१ नम्बरको जिपमा पनि तोडफोड गरिएको जिप्रका स्रोतले नेपालप्रेसलाई बतायो ।

यसअघि नेकपा माओवादी कार्यकर्ताले गरेको सांघातिक आक्रमणका कारण रुकुम पश्चिममा मात्रै दुई दर्जनभन्दा बढी कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

नेपाली कांग्रेसका एक नेताले भने, ‘घटनामा प्रहरीले कसैलाई पनि पक्राउ नगर्दा उनीहरुको हौसला बढदै गएको छ ।’
हालसम्म प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिई कारवाही नगरेको कांग्रेस कार्यकर्ताको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी विष्णुप्रसाद सोतीको नम्बरमा बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।