रोकिएन नेकपा एसको पहिरो , एमालेमै फर्किए अर्का प्रभाबशालि नेता

हाम्रो सन्देश संवाददाता

२५ वैशाख, काठमाडौं ।

नेकपा एसका केन्द्रीय सदस्य एवं दैलेख सहइन्चार्ज तर्कबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । गठबन्धन सत्ता लुछाचुँडीका लागि भएको भन्दै उनले एक विज्ञप्तिमार्फत नेकपा एमालेमा फर्किएको बताएका हुन् । उनले नेकपा एस छाडेर एमालेमा आएको सार्वजनिक वक्तव्य पत्रकार र शुभेच्छुकलाई पठाएका छन् ।
‘२०७७ साल पुस ५ गतेदेखि यो मुलुकमा प्रतिगमनको खतरा देखिएको हो भने र संविधानको रक्षार्थ गठबन्धन बनेको हुन्थ्यो भने आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई एउटा सशक्त आन्दोलनको स्वरुप दिन पर्दथ्यो ।

यदि यो आन्दोलन हो भने यश आन्दोलनको अगुवाइ नेकपा ९एकीकृत सामाजवादी० ले गरेकोले उसैको नेतृत्वमा चुनावी गठबंधन हुनु पर्दथ्यो । यसको ठीक विपरीत नेकपा एसलाई केबल फट्के किनाराको साक्षी मात्र बनाइयो र जालझेलपुर्ण व्यवहार देखाइयो । यसबाट के पुष्टि हुन्छ भने यो गठबंधन प्रतिगमनका विरुद्ध थिएन केबल सत्ताको लुछाचुँडी मात्र थियो’, उनले भनेका छन् ।

गठबन्धनको भर्‍याङ चढेर गुमेको सत्ता पुनः प्राप्तिको खेलमा लागेको नेपाली कांग्रेसको नेतृत्वले आफ्ना इमानदार कार्यकर्तालाई जवाफ दिन नसकेको उनको टीप्पणी छ ।

‘उग्र वामपन्थी भड्कावबाट उत्पत्ति भएको नेकपा माओवादी केन्द्र गठबन्धनको सहारामा खिइँदै गएको आफ्नो अस्तित्व जोगाउन कांग्रेसरुपि गाईको पुच्छर समातेर वैतरणी पार गर्न खोज्दा १० वर्षे युद्ध के का लागि थियो उसको नेतृत्वसँग जवाफ छैन ।

शाहीले बिनाकारण पार्टी फुटाउने र अप्राकृतिक गठबन्धन गरेर आफू सत्तामा जान र टिकी राख्न गरिने सम्पुर्ण कार्य जनविरोधी कार्य भएको बताउँदै लोकतन्त्रविरोधी कार्यसमेत रहेको आरोप लगाएका छन् ।