गठबन्धन राष्ट्रिय आवश्यकता हो, धोकेबाज नहुनुस् आखाँ चिम्लेर भोट हाल्नुहोस : शेरबहादुर देउवा

हाम्रो सन्देश संवाददाता

२५ वैशाख, काठमाडौं ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताएका छन्।विराटनगरमा आज कांग्रेसले गरेको ।

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरेका छन्।‘गठबन्धन राष्ट्रिय आवश्यकता भइसक्यो, उनले भने, गठबन्धनलाई धोका ।

दिनु हुन्न। धोकेबाजको आरोप नआओस्।आफू यसपालि नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेको र गठबन्धनबाट प्रधानमन्त्री बन्न सम्भव भएकोले धोका दिन नहुने देउवाको भनाइ थियो।

प्रधानमन्त्री देउवाले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिइने पनि बताए।‘हामीले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने भनेको ।

हो, के गर्ने केपी ओलीजीले मान्नुभएन, उनले भने, हामीले जित्यौं भने अब यो लागू हुन्छ।उनले स्थानीय सरकारलाई काम गर्न सक्ने गरी सक्षम बनाइनुपर्ने पनि बताए।

आफ्नो ठाउँको विकास आफैँ गर्न सक्ने गरी स्थानीय सरकारलाई सक्षम बनाउनुपर्छ, उनले भने।विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश ।

कोइराला मेयर उम्मेदवार छन्। उनले कोइराला काम गर्न सक्ने व्यक्ति भएकोले मेयरमा जिताउन पनि आग्रह गरेका थिए। ‘मेयरमा नागेश र उपमेयरमा जसपाको छाता चिन्हलाई भोट हाल्नुहोला,देउवाले भने।

भाइरल पुन्य गौतमको एमए गरेकी श्रीमति अपेक्षा वडा सदस्य उम्मेदवार समाजमा घटेका हरेक घटनाका बिषयमा टिप्पणी गरिहाल्न भ्याउने ‘भाइरल’ पुन्य गौतमको श्रीमति ।

अपेक्षा अघिकारी एकीकृत समाजवादी पार्टीबाट स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा उम्मेदवारी दिएकी छिन् ।गोकर्णश्वर नगरपालिका वडा न.८ बाट उनीले महिला ।

वडा सदस्यमा उम्मेदवारी दिएकी हुन् । उनले राजनीतिक विषयमा एमए गरेकी छिन् । पहिला देखिनै आफु सामाजिक क्षेत्रमा अगाडी बढेको बताएकी छिन् ।
आफु पहिला देखि नै विद्यार्थी राजनीतिमा सक्रिय भएर काम गरेको बताएकी छिन् । आर आर क्याम्पसमा अखिल क्रान्तिकारीमा प्रवेश गरेको र काठमाडौं जिल्ला सदस्य र ।

आर आर क्याम्पसमा उपाअध्यक्ष भएर अगाडी बढेको बताएकी छिन् ।उनले श्रीमान पुन्यप्रसाद गौतमको आड लिएर अगाडी बढ्नु पर्ने आवश्यकता नभएको बताएकी छिन् ।

उनको श्रीमान पुन्य गौतमले पनि सिंगो टिमलाई जिताउँन कटिवद्ध भएर लागेको र यो सिंगो टिम भरोसा योग्य र यो ठाउँको नेतृत्व गर्ने सक्ने बताएका छन् ।
उनले भनिन्– ‘अब चुनाब जितेपछि हरेक टोल, गल्लीमा सरसफाई गर्ने फोहोर ब्यवस्थापन गर्ने, सार्वजनिकरुपमा सस्तो फि तिर्ने र विहान ७ बजे देखि बेलुका ८ बजे सम्म ।

शिशु स्याहार केन्द्र खोल्ने र वृद्धाहरुका लागि पनि विभिन्न ठाउँहरुमा वृद्धा आश्रम जस्तो एउटा वृद्धाहरु भेला भएर बस्ने ठाउँ बनाइदिने बताएकी छिन् ।

सार्वजनिक स्थानहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ढल, खानेपानी र बत्तीको राम्रो ब्यवस्थापन गर्ने, सार्वजनिक स्थानमा ‘फ्रि वाईफाई’ र सिसि टिभिहरु जडान गर्ने, र गफ धेरै नगर्ने जितेर गएपछि काम गरेर देखाउँने् बताएकी छिन ।

त्यस पछि जनताले विश्वास गर्नु हुन्छ । एक चोटी हामीलाई ‘चान्स’ मौका दिनु त्यो पछि काम भएन भने खबरदारी गर्ने काम जनताहरुको हुने बताएकी छिन् ।

गोकर्णश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीहरुको सयुक्त साझा उम्मदेवार भएकोले मतदाताहरुलाई प्रत्यक घर, घरमा गएर सबै मतदाताहरुलाई भेट्ने बताएकी छिन् ।

सम्पुर्ण दाजु भाइ, आमा बुबा र दिदि बहिनीहरुले यस वडामा कलम र गोलाकार भित्र हंसिया हतौडामा मतदान गरेर आफुहरुलाई जिताउँन आग्रह गरेकी छिन् ।